बाँकेको कोहलपुरमा ५७ जना नेपाली काग्रेसमा प्रवेश

पिपलबाेट संवाददाता


नेपाली काग्रेस बाँकेको शनिवार पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं.२ मा भएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ५७ जना नेपाली कागे्रशमा प्रवेश गरेका छन् । उक्त पार्टी प्रवेश कार्यक्रममा नेपाली काग्रेस बाँकेका उपसभापती फुलाराम चौधरी ,बाँके क्षेत्र नं. १ का क्षेत्रिय सभापति माधवराम खत्री, महाधिवेशन प्रतिनिधी , कोहलपुर नगर कार्यसमितीका पदाधिकारी, नेपाल तरुण दलका पदाधिकारी, महिला संघ लगायतले नव प्रवेशीलाई दोसल्ला र पार्टीको सदस्यता प्रदान गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपाली काग्रेस बाँकेका उपसभापति फुलाराम थारुले पछिल्लो समयमा देश र जनताको भरपर्दो पार्टी नेपाली काग्रेस भएकाले जनताहरु नेपाली काग्रेसमा प्रवेशको लहर चलेको बताएका छन् । उक्त पार्टी प्रवेश कार्यक्रममा बोल्दै नव प्रवेशी इश्वरी वि.कले नेपाली काग्रेस नै देश र जनताको भावनाको मर्म बुझ्ने भएकाले आफु लगायत अन्य साथीहरु पनी कांग्रेशमा प्रवेश गरेको र आगामी दिनमा काग्रेसबाट राजनैतिक यात्राको शुरुवात गरिने बताएकी छिन् । पछिल्लो समयमा नेपाली काग्रेस बाँकेले पार्टी प्रवेश र कार्यकर्ता संगको भेटघाट कार्यक्रमलाई निरन्तरता दिएको छ ।

१ कार्तिक २०७७ मा प्रकाशित
Nabintech