कोहलपुर ७ असोज/बाँकेको राप्तीसोनारी गाउँपालिका ९ – ढकेरी स्थिति पेट्रोल पम्प बजारमा शुक्रबार देखि पानस जनरल स्टोर संचालनमा आएको छ । जनरल स्टोरको ढकेरी बजार सुधार समितिक अध्यक्ष तथा राप्रपाका क्षेत्रीय उपाध्यक्ष सोहन लाल थारु र राप्तीसोनारी गाउँ पालिका वडा न ९ का वडा सदस्य पुर्ण बहादुर वलीले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका छ्न ।
उद्घाटनसत्रमा बोल्दै वडा सदस्य वलीले पानस जनरल स्टोर् संचालनमा आउनुले ढकेरीका वासिन्दाले कोहलपुरकै मुल्यमा समाग्री पाउनु खुसीको कुरा भएको बताए त्यस्तै उनले ढकेरी क्षेत्र पछिल्लो समयमा व्यवसायीक बजार बन्दै गएको , बताउदै पर्यटनको क्षेत्रको रूपमा स्थापित गराउन सबैको चौतर्फी सहयोग आवश्यक पर्ने बताए ।
कार्यक्रममा बोल्दै ढकेरी बजार व्यवस्थापन समितिका अध्यक्ष सोहनलाल थारूले ढकेरी क्षेत्रमा सुपथ मुल्यमा सबै प्रकारका संमान पाइने पानस स्टोर खुल्नु खुसीको कुरा भएको बताउदै ढकेरी बजार विस्तारमा थप सहयोग पुगेको बताए ।
पानस जनरल स्टोरका संचालक विश्वराज खनालले खाद्य ,किराना तथा घरायसी समानहरु कोहलपुरकै मुल्यमा उपलब्ध गराउन स्टोर संचालनमा ल्याइएको बताए । हामीले यहाँका ग्राहकको मागलाई मध्यनजर गर्दै कोहलपुरकै मुल्य मा समान उपलब्ध स्टोर संचालनमा ल्याएका छौ अब समान खरिद गर्न कोहलपुर जादा ग्राहकको गाडी भाडा बच्ने समय बच्ने खनालको भनाइ छ । स्टोरमा चाडपर्वका लागि आवश्यक पर्ने खाद्यान्न , किराना घर सरसफाइका समानहरु उपलब्ध रहेका छ्न ।