प्रधानमन्त्रीले यस वर्ष दसैँमा सर्वसाधारणलाई टीका नलगाइदिने

पिपलबाेट संवाददाता


प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष दसैँमा सर्वसाधारणका लागि टीका नलगाइदिने भएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । सम्बोधनका क्रममा उनले दसैंका दिन सार्वजनिक रुपमा टीका नलगाइदिने बताएका हुन् ।

दसैँको टीकाको दिनमा प्रधानमन्त्रीले बालुवाटारमा सर्वसाधारणलाई टीका लगाइदिने चलन छ । तर, यस वर्ष भने कोरोना भाइरसको संक्रमण ध्यानमा राख्दै सो कार्यक्रम नहुने भएको हो ।

कोरोना महामारीका बेलामा आफू जोगिने र अरुलाई जोगाउन महत्त्वपूर्ण रहेको भन्दै उनले जो जहाँ छौं त्यहीँ  दसैँ मनाउन पनि आग्रह गरे । सामाजिक दूरी कायम गर्ने, घरेलु औषधि प्रयोग गर्ने, मास्क लगाउन आग्रह गर्दै उनले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्न पनि आग्रह गरे ।

७ कार्तिक २०७७ मा प्रकाशित
Nabintech