बाँकेको बैजनाथ गाउँपालिकामा संचालन हुँदै आएको एभरेष्ट कृषि सहकारी संस्थाले सिल्की राइस मिल संचालनमा ल्याएको छ । एभरेष्ट सहकारीले नेपाल सरकार सहकारी बिभागको साझेदारीमा संचालन भएको धान उत्पादन प्रोसोधन तथा बजारीकरण आयोजना अन्तगत सिल्की राइस मिल संचालनमा ल्याएको हो । सिल्की राइस मिलको उद्घाटन लुम्बिनी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेले उद्घाटन गरिन् । मन्त्री पौडेलले प्रदेश सरकारले उत्पादनमा आधारित कुनै पनि काममा सहकाय गर्न आतुर रहेको कार्यक्रममा जानकारी गराइन् । पौडेलले हाल सरकारले प्रति केजी खसी मा २५ रुपौया र दुधमा प्रति लिटर २ रुपैया अनुदान दिइरहेको जानकारी गराउदै नेपालको सविधानले प्रत्याभूत गरेका अधिकार प्रयोग गर्दै समाजवादको उदेश्य सहकारी नीति बाट मात्र सम्भव हुने ठोकुवा गरिन् । उत्पादनमुखी सहकारी संग समन्वय गरी आम कृषि पेशामा आवद्ध कृषहरुलाई अनुदान दिन प्रदेश सरकार आतुर रहेको मन्त्री पौडेलले बताइन् ।