कोरोना संक्रमणबाट नेपालगन्जमा ५० वर्षिय एनजीओकर्मी प्राध्यापकको मृत्यु

पिपलबाेट संवाददाता


कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट नेपालगञ्ज थप एक जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट नेपालगंज १ धम्बोजीका ५० वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको हो ।

असोज २७ गते अस्पताल भर्ना भएको उनको कार्तिक ७ गते हिजो राती १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

मृतक गैरसरकारी संस्थाकर्मी तथा प्राध्यापन पेशामा संलग्न रहँदै आएका थिए । ठेगाना नेपालगन्ज लेखिएपनि उनी खजुराका स्थायी बासिन्दा हुन् ।

उनमा श्वास प्रश्वास समस्या रहेको श्रेष्ठले बताए ।

योसगैं बाँके जिल्लाका मात्र ३० जनाको मृत्यु भइसकेको छ ।

८ कार्तिक २०७७ मा प्रकाशित
Nabintech