लोप हुन थाल्यो मादल बनाउने पेशा

पिपलबाेट संवाददाता


मादल बनाउने वादी समुदायको पुर्ख्यौली पेशा अहिले लोप हुने अवस्थामा छ । पछिल्लो पुस्ताले मादल बनाउन छोडेर अन्य पेशामा आवद्ध हँुदै आएका छन् । पहिले पहिले मादलको महत्व र माग निकै बढेको थियो ।
अहिले वादी समुदायले मादल बनाउन समेत बिर्सिन थालेको तुलसीपुर–४ वायखोलाका गेहेन्द्र वादीले बताए । उनले भने, ‘मादल बनाउने हाम्रो पुख्र्यौली पेशा हो, तर हामीले यो पेशा भुल्न थालिसक्यौं ।’

बजारमा मादलको माग घट्दै जाँदा पनि मादल बनाउन छोडेको सोही ठाउँका भुपबहादुर वादीले बताए । अहिले बजारमा आाधुनिक उपकरण प्रयोग गरी गीत बजाउने, सुन्ने र नाच्ने चलन भित्रिएसँगै मादलको माग घट्न थालेको उनको भनाइ छ ।
‘अहिले नाच्नगाउन, पेन्ड्राइभ जस्ता आधुनिक उपकरण प्रयोग हुन्छ,’ उनले भने, ‘यसले गर्दा मादल नाचगानका लागि कमै प्रयोग हुने, माग पनि नहुँने भएकाले पेशा संकटमा छ ।’ घरमै आएर माग गरेपछि मादल बनाउने गरे पनि व्यावसायिक रुपमा मादल बनाउन छोडेको उनको भनाइ छ । दशैं तिहारमा मादलको माग संगै मादल बनाउने बादी समुदायलाई भ्याइ नभ्याई हुन्थ्यो ।तर मादलको महत्व समुदाय स्तरमा बिस्तारै लोप हुँदै गइरहेको छ ।

१३ कार्तिक २०७७ मा प्रकाशित
Nabintech