नेपालगञ्जमा २९ लाख नगदसहित १० जना जुवाडे पक्राउ

पिपलबाेट संवाददाता


बाँकेको नेपालगञ्जमा २९ लाख ४८ हजार नगदसहित १० जना जुवाडे पक्राउ परेका छन् । जुवा खेलिरहेको स्थानमा छापा मारेर प्रहरीले जुवाडेहरुलाई पक्राउ गरेको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर चार स्थित बसपार्क नजिकै रहेको एउटा घरवाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं.४ बस्ने सन्तोष थापा, वडा नं. ६ बस्ने मेघनाथ कुचबन्दिया वडा नं. ४ बस्ने नविन घिमिरे वडा नं.१० बस्ने टोप बहादुर शाही, वडा नं. ४ बस्ने पब्लु भण्डारी, बस्ने तरुण गौतम, वडा नं.७ बस्ने रविन राणा,वडा नं. ४ बस्ने सन्तोष वली, बस्ने कृष्ण बहादुर सुवेदी, ,वडा नं.१ बस्ने रहमान मियालाई प्रहरीले प्रक्राउ गरेको हो ।

१३ कार्तिक २०७७ मा प्रकाशित
Nabintech