साइकल यात्रामा भिड्दै स्वर्गद्धारी क्लव

पिपलबाेट संवाददाता


स्वर्गद्धारी साइकिलिङ्ग क्लव कोहलपुरले बिहिबारदेखी साइकिलिङ्ग यात्रा शुरु गरेको छ । बाँकेको कोहलपुर हुँदै हर्रे, बबई, छिन्चु ,सुर्खेत बाबियाचौर, जामु, घाटगाँउ कुइने हुँदै झण्डै २ सय ७० किलोमिटर साइकल यात्रा गर्ने स्वर्गद्धारी साइकिलिङ्ग क्लव कोहलपुरका अध्यक्ष जनक वलीले बताए ।
कोहलपुरमा २५ सदस्य रहेको साइकिलिङ्ग क्लवले पहिलो पटक लामो दुरीको साइकिलिङ्ग यात्रा शुरु गरेको र पर्यटन पर्वद्धनका साथै नयाँ ठाँउको अवलोकनका साइकिलिङ्ग यात्रा शुरु गरेको उपाध्यक्ष कमल राज शर्मा बताउछन् ।  सोमबार सम्म साइकिलिङ्ग यात्रा पुरा गरी कर्णाली चिसापानी हुँदै उक्त ९ जनाको टोली कोहलपुर आइपुग्ने भएको छ ।  पछिल्लो समयमा साइकिलिङ्ग यात्रा हुँदै पर्यापर्यटन पर्वद्धनका लागि बाँकेबाट विभिन्न ठाँउहरुमा जानेहरुको संख्या बढ्दो क्रममा रहेको छ । यस भन्दा पहिले पनि स्वर्गद्धारी साइकिलिङ्ग क्वलले बाँकेका सम्पूर्ण ठाँउहरुमा साइकिलिङ्ग यात्रा सम्पन्न गरिसकेको छ । साइकिलिङ्ग यात्राले मानव शरिर स्वस्थ्य राख्नका लागि महत्वपूर्ण भुमिका खेल्ने भएकाले पनी पछिल्लो समयमा लामो लामो दुरीमा साइकिलिङ्ग गर्नेहरुको टिम उत्तिकै बढेको पाइएको छ ।  शारीरिक रूपमा फिट हुने र जस्तोसुकै बन्दाबन्दीमा चलाउन पाइने भएकाले बालकदेखि प्रौढसम्मको रोजाई साइकल बनेको हो । बाँकेमा अहिले शिक्षक ,कर्मचारी,व्यवसायी, खेलाडी, विद्यार्थी, सञ्चारकर्मी र वित्तीय कर्मचारी समेत साइकल चलाएर स्वस्थ रहने अभियानमा छन् । वर्षौंदेखि विभिन्न ब्रान्डका सस्ता साइकल उपलब्ध छन् । तराई क्षेत्रमा परम्परागत रुपमा सामान बोक्नका लागि साइकलको प्रयोग भए पनि पछिल्लो समय हाई प्रोफाइलका व्यक्तिहरुका लागि साइकलन राइडिङ फेशन मोह तथा व्यायामको गतिको विकल्प बनेको छ । दैनिक कामकाजीले चलाउने साइकल भन्दा उनिहरुले चलाउने साइकलको मूल्य भने फरक छ । नयाँ पुस्ता र स्वास्थ्यका लागि चढ्नेले माउन्टेन बाइक, डबल सस्पेन्सन साइकल, राइनो, बीएमएक्स, क्रोस, फोनिक्स, ट्रिक्स आदि ब्राण्डका चलाइरहेका छन् । ती साइकलको बजार मूल्य २० हजारदेखि ५र ६ लाखसम्म पर्ने अध्यक्ष वलीले बताए ।  विश्वव्यापी कोरोना महामारी र लकडाउनले मानवीय क्रियाकलाप तथा जीवन शैलीमा परिवर्तन ल्याएको छ । लकडाउनले घरभित्रै बस्नुपर्दा खानपान र स्वस्थ जीवनशैलीको व्यववस्थापनका लागि विकल्पहरुको खोजी भइरहेका बेला साइक्लिङको क्रेज बढ्दो छ । विशेष गरी शहरी क्षेत्रमा हाई प्रोफाइलका व्यक्तिहरु, उद्योगी, व्यवसायी,शिक्षक, कर्मचारी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वहरुका लागि पर्यापर्वद्धनका साथै व्यायामको पहिलो रोजाई साइक्लिङ बन्न थालेको हो ।

१३ कार्तिक २०७७ मा प्रकाशित
Nabintech