राप्तीसोनारी ८ वडा कार्यालयले वितरण ग¥यो किसानलाई गहुँको बिऊ

पिपलबाेट संवाददाता


बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं. ८ का किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण शुक्रवारदेखी शुरु गरिएको छ । गहुँको बीउ राख्ने समय नजिकिँदै गर्दा किसानलाई सहजता प्रदान गर्न राप्तीसोनारी गाँउपालिका वडा नं. ८ शम्शेरगंज बाँकेले गहुँको बीउ वितरणको व्यवस्था मिलाएको हो ।
राप्तीसोनारी गाँउपालिका वडा नं. ८ का करिब ४३ क्युन्टल १२५ जना कृषकहरुलाई गहुँको बीउ वितरण गरिएको राप्तीसोनारी गाँउपालिका वडा नं. ८ का अध्यक्ष खुम बहादुर बस्नेतले बताए । बस्नेतका अनुसार यस वर्ष समयमै किसानहरु गहुँको बिउ वितरण गरिएको र कृषि क्षेत्रमा आवद्ध भएका किसानहरुलाई थप राहत मिलेको बताएका छन् । हरेक वर्ष राप्तीसोनारी गाँउपालिका वडा नं. ८ को आर्थिक सहयोगमा वितरण गरिने धान, गहुँ तरकारी लगायतका बिऊ तथा आवश्यक सामग्रीहरु वितरण गर्दै आएको छ । गहुँको बिऊ लिनका लागि राप्तीसोनारी गाँउपालिका वडा नं. ८ कार्यालय आइपुगेका कृषक शशिराम खड्का अनुसार आफुहरुले समयमै गहुँको बिऊ पाउदा कृषि क्षेत्रमा काम गर्ने किसानहरुको समस्या स्थानिय सरकारले समधान गरिदिएको बताएका छन् । कोरोना भाइरस जोखिमको समयमा पनि किसानको घरदैलोमै सेवा पु¥याउनका लागि राप्तीसोनारी गाँउपालिका वडा नं.८ निरन्तर लागि परेको छ ।
पशु तथा कृषि समितीको अनुगमन 
राप्तीसोनारी गाँउपालिका अन्र्तगत रहेको पशु तथा कृषि समितीले शुक्रवार देखि राप्तीसोनारी गाँउपालिकाका १ देखि ९ वटै वडाहरुमा अनुगमन गरेको छ । गाँउपालिकाबाट दिइने कृषि अनुदान मल, बिउ, टनेल, र आवश्यक सामग्रीहरुका लागि ६० जना कृषकहरुले आवेदन दिएका थिए । उक्त आवेदन दिने कृषकहरुको घरदैलोमा पुगी निरक्षण तथा अनुगमन गरिएको छ । पशु तथा कृषि समितीका संयोजक खुम बहादुर बस्नेतको संयोजकत्वमा राप्तीसोनारी गाँउपालिका उपाध्यक्ष धनीकुमारी खत्री, कृषि शाखा प्रमुख चन्द्रा शाही, सम्वन्धीत वडाका वडा अध्यक्षहरुले संयुक्त अनुगमन गरेका छन् । अनुगमनको कार्य सकिएपछी उक्त आबेदन दिनेहरु किसानहरुलाई आवश्यक सामग्री वितरण गरिने भएको हो । कोरोना भाइरसका कारण बिदेशबाट फर्केका कृषकहरुलाई उत्पादन क्षेत्रमा सामग्री ७५ प्रतिशत अनुदान, पकेट कार्यक्रमहरुका लागी गाँउपालिकाले गत असोज १९ गते सुचना जारी गरेको थियो ।

१४ कार्तिक २०७७ मा प्रकाशित
Nabintech