गेरुवा गाँउपालिका तरुण दलका सभापति भुवन थापाले आफ्नो २८ औँ जन्मदिनको अवसरमा पूर्ण अपाङ्गता भएकी निर्मला टमटालाई सहयोग गरेका छन् । विगत ७ वर्षदेखी पूर्ण असक्त भएकी गेरुवा गाँउपालिका वडा नं. १ कि टमटालाई आफ्नो जन्मदिनको अवसरमा १३ हजार ह्वील चियर सहयोग गरेका हुन । सभापति थापाका अनुसार आफ्नो जन्मदिनको अवसरमा गरिब तथा पूर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्दा उनीहरुलाई सानो भएपनी राहत मिल्ने र जन्मदिनमा फुर्जुल खर्च गर्नुभन्दा सहयोगी कार्य नै उत्तम भएकाले आफुले हरेक वर्ष आफ्नो जन्मदिनमा यस्तै फरक खालका कार्यक्रमहरु गर्दै आएको उनले बताए ।
सानै उमेरमा राजनैतिक क्षेत्रमा आवद्ध भएका थापा पछिल्लो समयमा सामाजिक सेवामा योगदान र सहयोग गर्दै आएका छन् । उक्त ह्वील चियर वितरण कार्यक्रममा आफ्नो धारणा राख्दै गेरुवा गाँउपालिका वडा नं. १ का सभापति याम बहादुर थापाले दुखपिडामा समस्या परेका व्यक्तिलाई सहयोग गर्नु नै सबैभन्दा ठूलो कार्य भएकाले आगामी दिनमा यस्ता कार्यहरु निरन्तरताका लागि अनुरोध गरेका थिए । सभापति थापाले यस भन्दा पहिले गेरुवा गाँउपालिकामा मृगौला पिडितलाई सहयोग , युवाहरुलाई खेलकुदमा सामग्री वितरण , लगायत थुप्रै सहयोगहरु गर्दै आएका छन् । उक्त ह्वील चियर हस्तान्तरण कार्यक्रममा समाजसेवि बम बहादुर थापा ,नेपाली काग्रेस कोहलपुरका प्रवक्ता यज्ञ महरा , तरुण दलका उपसभापति गोपाल जिएमको सहभागीता रहेको थियो ।