कोहलपुरमा सोमबारबाट मोटो वल्र्डले आफ्नो सेवा सुचारु गरेको छ । विद्युतरोड चोकबाट आप्mनो सेवा सुचारु गरेको वल्र्डले विशेष गरी दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीहरुको सम्पूर्ण मेशिनरी पुर्जाहरुको थोक तथा फुटकर रुपमा विक्री वितरण वितरण हुनेछ ।
कोहलपुर निवासी युवा उद्यमी तथा व्यवसायी शोभन हमालले सञ्चालन गरेको वल्र्डले यस क्षेत्रका सवारी स्थानिय चालक तथा सवारी मर्मत व्यवसायीहरुलाई सहज र सुलभ रुपमा सेवा प्रवाह गर्ने उद्देश्यले फरक तरिकाबाट सेवा प्रारम्भ गरेको बताए । विभिन्न स्तरिय प्रकारका सवारी पुर्जाहरुको विक्री वितरण गर्नुको पछाडी यहाँका स्थानीय सवारी धनीहरु र सवारी मर्मत व्यवसायीहरुको माग, चाहना अनुसार लगानी गरेको व्यवसाय सञ्चालक हमालको भनाई छ । निकट समयमा अत्याधुनिक प्रविधि र दस्त जनशक्ति सहितका मिस्त्रीहरुबाट सवारी मर्मतको सेवा पनि सुचारु गर्ने तयारी अन्तिम चरणमा पुगेको सञ्चालक हमालले जानकारी दिएका छन् ।