कोहलपुरमा रेडपाण्डाको छाला सहित चार जना पक्राउ

पिपलबाेट संवाददाता


 बाँके प्रहरीले दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला सहित ४ जनालाई फक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले कोहलपुर ११ बसपार्कको न्यु राप्ती गेष्ट हाउसबाट रेडपाण्डाको छाला सहित ४ जना लाई पक्राउ गरेको बाँके प्रहरी प्रमुख ओम रानाले जानकारी दिए । प्रहरीका अनुसार सादा पोशाकमा ग्राहक बनेर गएको प्रहरी टोलिले उनिहरुलाई पक्राउ गरेकोे हो । पक्राउ परेकाहरु बारे थप अनुषन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख रानाले नयाँ कोर्सलाई जानकारी दिए ।

१८ कार्तिक २०७७ मा प्रकाशित
Nabintech