नौवस्ता औद्योगिक क्षेत्रका स्थानिय आन्दोलित

‘‘माग पुरा नभए काम गर्न नदिने’’


पिपलबाेट संवाददाता


बाँकेको बैजनाथ गाउँपालिका ३ मा निर्माणाधीन नौवस्ता औद्योगिक क्षेत्रका स्थानियहरु आन्दोलित भएका छन् । २०७२ को चैतमा सरकारले नौवस्तामा औद्योगिक क्षेत्र घोषणा गरेको भएपनि हालसम्म नौवस्ता औद्योगिक क्षेत्रमा बसोबास गर्दै आएका घरदुरीको उचित व्यवस्थापन नगरेको भन्दै स्थानियहरु आन्दोलित भएका छन् । उनीहरुले बस्ती व्यवस्थापन नगरी औद्योगिक क्षेत्रका अन्य काम गरिरहेको भन्दै बुधबार विरोध जनाएका छन् । नौवस्ता औद्योगिक क्षेत्रद्वारा पीडित बस्ति बचाऊ संघर्ष समितिले बुधबार एक भेलाको आयोजना गरी औद्योगिक क्षेत्र भित्र पर्ने बस्तिको उचित व्यवस्थापन गर्न माग गर्दै विरोध जनाएका छन् ।
नौवस्ता औद्योगिक क्षेत्रद्वारा पीडित बस्ति बचाऊ संघर्ष समितिका अध्यक्ष सुवास विश्वकर्माले सम्बन्धित निकायले जनताको माग पुरा गर्नुपर्ने भन्दै जनताको माग पुरा नगरे संघर्ष जारी राख्ने बताएका छन् । साथै उनले ३ सय ३८ विगाह मध्ये २ सय ४१ खालि विगाह जमिन खालि भएको, २० विगाह सशस्त्र, १० विगाह कारागार र बाँकी रहेको ३१ विगाहमा जनतालाई राख्ने निर्णय गरेको भन्दै ३१ विगाह जमिनमा ५ सय घर दुरीलाई राख्न कसरी व्यवस्थापन गर्न सकिने र यसको व्यवस्थापनका लागि कुनै पनि पहल नगरे जनतालाई स्वीकार नहुने बताएका छन् । यस्तै बैजनाथ–३ का गोपिलाल बैगारले आफुहरु औद्योगिक क्षेत्र विरोधी नभएको बताउँदै धेरैपहिलादेखि बस्दै आएका जनतालाई विस्तापित गर्न नहुने, खालि जग्गमा मात्र औद्योगिक क्षेत्र निर्माण गर्न आग्रह गरेका छन् । साथै बस्ती स्थान्तरणका लागि स्थानिय जनताहरु अहिलेसम्म समहत नभएको भन्दै स्थानिय जनतासँग सम्बन्धित निकायले सहकार्य नगरेको बताएका छन् ।
यस्तै स्थानिय कालिका शाहीले बाटो नापी गर्दा सडक कालोपत्रे गर्ने भनेर जनतालाई भुक्याएर लालपूर्जा जनताकै हातमा आउँछ भनि अहिले औद्योगिक क्षेत्रकै नाममा लालपूर्जा लिएको भन्दै अब बस्तिलाई कुनै पनि असर नपर्ने गरी खालि जग्गामा औद्योगिक क्षेत्र निर्माण गर्नुपर्ने बताएकी छिन् । यस्तै सोहि ठाउँका स्थानिय नविन उपाध्यायले औद्योगिक क्षेत्र निर्माणका लागि नेताहरुले जनतालाई आश्वासन मात्र दिएको भन्दै जनताका बिचमा आएर लिखित सहमति गर्न आग्रह गर्दै औद्योगिक क्षेत्रको कामलाई मात्र निरन्तरता दिएको र जनताको कामलाई बेवस्ता गरिएको बताएका छन् । यसका साथै बस्ति व्यवस्थापन गर्न नसक्दा औद्योगिक क्षेत्रको कार्य अहिले सम्म अगाडि बढ्ना सकेको छैन् । बस्ति बिस्तार गर्ने सरकारले हिम्मत देखाउन नसक्दा अहिले स्थानिय विरोध प्रदशनमा आउनुपरेको कतिपले बताईरहेका छन् । साथै सरोकारवाला निकायले बस्ती स्थानान्तरण गर्दा न्यायोचित तरिकाले गरिनु पर्ने र स्थानिय बासिन्दाले पनि औद्योगिक क्षेत्र बनाउन सरकारलाई सघाउनु पर्ने बताउँदै आएका छन् । २०७२ को चैतमा सरकारले नौवस्तामा औद्योगिक क्षेत्र घोषणा गरेको हो ।

२० कार्तिक २०७७ मा प्रकाशित
Nabintech