अधिकारीकोअस्पताल बाटै महासंघको केन्द्रीय सदस्यमा मनोनयन दर्ता

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष एंव नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य पदका उम्मेदवार चक्र अधिकारीको स्पाईनल कडको सफल अप्रेशन भएको छ ।  उद्योग वाणिज्य महासंघको अबिधेशनका क्रममा चुनाव प्रचारका लागी रोल्पाबाट पोखरातर्फ गईरहेको बा १८ च ४३४१ नम्बरको कार दुर्घटना हुँदा अधिकारी घाईते भएका थिए । अधिकारीको स्पाईनल कड ५ ठाँउमा भाँचिएको र उनको सफल अप्रेशन गरिएको कोहलपुर उद्योग बाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले जानकारी दिए ।चक्र अधिकारी कोहलपुरबाट नेपाल उद्योग बाणिज्य महासघमा पहिलो पटक उम्मेदवार बनेका हुन । बाँके जिल्लाबाट पटक पटक महासंघको केन्द्रीय नेतृत्वमा पुगेको भएपनि कोहलपुरले पहिलो पटक उम्मेदवारी दर्ता गराएको हो । बरिष्ठ उपाध्यक्ष चण्डी राज ढकाल समुहबाट अस्पतालको बेड बाटै मनोनयन दर्ता गारएको अधिकारीले बताएका छन् ।

२१ कार्तिक २०७७ मा प्रकाशित
Nabintech