सूर्यास्त देखी सूर्यदय सम्मको यात्रामा स्वर्गद्धारी साइकिलिङ्ग क्लव

पिपलबाेट संवाददाता


स्वर्गद्धारी साइकिलिङ्ग क्ल्व बाँके कोहलपुरले शनिवार महाकाली देखी मेची सम्मको साइकल यात्रामा हिडेको साइकल यात्रीहरुलाई बिदाई गरेको छ । नेपाल साइकल उत्सव २४ नोबेम्बर सम्म यात्रा गर्ने यात्रीहरुलाई क्लवले विशेष सम्मान सहित बिदाई गरिएको स्वर्गदारी साइकिलिङ्ग क्लवका अध्यक्ष जनक वलीले बताए । कोहलपुरमा आयोजित नेपाल साइकल उत्सव कार्यक्रममा बोल्दै विश्व साइकिल यात्री पुस्कर शाहले महाकाली देखी पूर्व सम्मको २४ दिने साइकिलिङ्ग यात्राले आन्तरिक तथा बाह्य पर्यापर्यटनमा सहयोग मिल्ने कोहलपुर जस्तो सानो ठाँउमा पनी साइकिलिङ्ग क्लवको उत्साहले देशभरका साइकिलिङ्ग यात्रीहरुलाई जोड्ने काम गरेको र आफ्नो स्वास्थ्यलाई पनि फाइदा पु¥याउने भएकाले पनी यो अभियान सुचारु गरिएको बताएका छन् ।
स्वर्गद्धारी साइकिलिङ्ग कोहलपुरका संरक्षक समेत रहेका केशर बहादुर आले ले २४ दिने यात्रामा हिडेका साइकिलिङ्ग यात्रीहरुलाई शुभकामना दिदै साइकिलिङ्ग यात्रीहरु दिन प्रतिदिन बढेको र साइकिलिङ्ग यात्राले मानिसलाई शरिर स्वस्थ बनाउने कार्यमा थप सहयोग गरेको बताएका छन् । २४ दिनको सूर्यास्त देखी सूर्यादय सम्मको लामो लामो यात्रमा १५ जना साइकिलिङ्ग यात्रीहरु हिडिरहेका छन् । शारिरिक, मानसिक र आन्तरिक पर्यापर्यटनमा वृद्धिमा टेवा पु¥याउने उदेश्यमा लागि परेको स्वर्गद्धारी साइकिलङ्ग क्लव कोहलपुरले यसभन्दा पहिले पनी लामो दुरीको साइकिलिङ्ग यात्रा गरिसकेको छ ।

२२ कार्तिक २०७७ मा प्रकाशित
Nabintech