बर्दियामा दम्पति को दुर्घटनामा मृत्यु

पिपलबाेट संवाददाता


हुलाकी सडक खण्ड नेपालगञ्ज गुलरीयामा पर्ने पचासामा सडक दु’र्घटना हुँदा दुई जनाको ज्’यान गएको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका बडा नं ८ पचासा नजिक गए राति करिब ८ बजेतिर ट्रयाक्टर र मोटरसाइकल ठो’क्किँदा मोटरसाइकलमा सवार दुई जनाकै ज्’यान गएको छ।

नेपालगन्ज तर्फबाट आएको बाईकमा सभार पचासा वडा नं ७ निवासी ललिता रिमाल र अर्जुन रिमालको मृ’त्यु भएको जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको छ । पूर्व नेपालगञ्ज बाट गुलरियातर्फ जाँदै गरेको भे ३ प ७८७० को मोटरसाइकल र काठ लिएर विपरीत दिशाबाट जाँदै गरेको भे १ त ५०९९ को ट्रयाक्टर एक आपसमा ठ’क्कर खाँदा २५ वर्षीय अर्जुन रिमाल र २३ वर्षीय ललिता रिमालको दुर्घटनामा परि मृ’त्यु भएको छ।

दु’र्घटना पश्चात् नाजुक अवस्थामा रिमाल दम्पतिलाई उपचारको लागि नेपालगन्ज पठाइएको थियो र उपचारकै कर्ममा दुबैको ज्यान गएको जानकारी जिल्ला ट्राफिक प्रहरी बर्दियाले दिएको छ। बर्दिया प्रहरीका अनुसार ट्रयाक्टर र ट्रयाक्टर चालक दुबै प्रहरीको नियन्त्रणमा रहेका छ्न। घटनाका कारण अझै पनि खुल्न नसकेको र प्रहरी अनुसान्धान मै रहेको जानकारी ट्राफिक प्रहरी कार्यालय बर्दियाले दिएको छ।

२३ कार्तिक २०७७ मा प्रकाशित
Nabintech