बाँकेमा थप ३३ जना डिष्चार्ज

पिपलबाेट संवाददाता


बाँकेमा आज थप ३३ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा १९ पुरुष र १४ महिला छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ हजार ९२ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । जिल्लामा कोरोना निको हुने दर ९०.६५ प्रतिशत रहेको छ । आइसोलेसनमा २ सय ८४ जना छन् । बाँकेमा हालसम्म ३ हजार ४ सय ११ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ ।

२४ कार्तिक २०७७ मा प्रकाशित
Nabintech