कैलालीमा काेराेना संक्रमित पुरुषकाे मृत्यु

पिपलबाेट संवाददाता


कैलालीको धनगढी उपमहानगरपालिकाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।धनगढी उप–महानगरपालिका वडा नम्बर २ का ८४ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो ।सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनको सेतीको कोभिड अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।उनमा कडा खालको निमोनियाको समस्या देखिएको थियो । कार्तिक २१ कोरोना पोजिटिभ देखिएको उनलाई त्यसै दिन नै अस्पताल भर्ना गरिएको थियो।

२४ कार्तिक २०७७ मा प्रकाशित
Nabintech