जाजरकोटमा धमाधम नेकपा छाड्दै कांग्रेसमा

राजिव विक्रम शाहले काँग्रेसमा भित्र्याए नेकपाका कार्यकर्ता


पिपलबाेट संवाददाता


जाजरकोटमा पछिल्ला समयमा पार्टी प्रवेशका कार्यक्रमलाई निरन्तरता दिइएको छ । सत्तारुढ नेकपा परित्याग गरेर काँग्रेसमा प्रवेश गर्नेको लहर पछिल्लो समयमा निकै चलेको छ । केही दिन अगाडी पाँच सय बढी नेकपाका कार्यकर्ता काँग्रेसमा प्रवेश गरिसकेका थिए । सोमवार भेरी नगरपालिका १२ जगतिपुरका नेकपाका नेता गणेश मल्ल सहित १२ भन्दा बढी नेकपाका कार्यकर्ता काँगेसमा प्रवेश गरेका हुन ।
नवप्रवेशीलाई नेपाली काँग्रेसका नेता राजिव विक्रम शाहले पार्टी कार्यालयमा अविराबरण र फुलमाला सहित भव्य स्वागत गरेका छन् । नेपाली काँग्रेसका कोषाध्यक्ष तेजविक्रम शाहको अध्यक्षतामा संचालन भएको पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेता शाहले काँग्रेस प्रवेश गर्नेको लहर नै चलेको बताएका छन् । स्थानिय, प्रदेश र संघिय सरकार नेकपाकै छ । चुनावको बेला जनता संग गरिएका बाचाहरु नेकपाको सरकारले भुलेको र जनतालाई झुक्याएको अहिले प्रष्ट हुँदैछ । सधै काँग्रेस खराब पार्टी भन्ने कम्युनिष्टहरुको असली रुप अहिले देखिएको उनले बताए ।
‘हिजो खान नपाउनेहरु अहिले महलमा बस्छन् । नेताहरु कमाउ धन्दामा लागेका छन् । आफ्ना छोराछोरी अमेरिका लगायतका देशका महँगा कलेजहरुमा पढाउँछन् तर हिजो युद्ध लडेका सोझा साझा कार्यकर्ताको हालत के छ कहिल्यै फर्केर हेरेनन् । त्यहि भएर नेकपामा चरम असन्तुष्टि बढ्दै गएको नवप्रवेशीहरुले बताएका छन् । त्यही असन्तुष्टिका कारण काँग्रेस प्रवेश गर्नेकोे लहर नै चलेको हो । काँग्रेस जनतालाई झुक्याउने ठग्ने पार्टी होइन’ उनले भने तपाईले जिताएका नेताहरुले के गरे ? कार्यक्रममा नेता मुक्तिप्रसाद आचार्य, धनसरा शाही, नपप्रवेशी गणेश मल्ल लगायतले आफ्नो धारणा राखेका थिए ।

को को गरे प्रवेश
नेकपाका गणेश मल्ल, धनवीर मल्ल, हस्तबहादुर मल्ल, चन्द्रकला मल्ल, जोखे भनारी, नानकला भनारी, गोविन्द मल्ल, मदमी लुहार, तुलसी वर, बालकुमारी लुहार लगायतका कार्यकर्ताले नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । तत्कालिन माओवादी जनसत्तामा वडाजनसरकार प्रमुख रहेका मल्लले कम्युनिष्ट पार्टी नाममा मात्र रहेको र जनतालाई धोका दिएर नेताहरु कमाउ धन्दामा लागेकाले आफुले नेकपा छोडेको बताए । जनताले नेकपालाई काम गर्ने अवसर दिएपनि काम गर्न नसकेको नवप्रवेशीहरुले आरोप लगाए ।

२५ कार्तिक २०७७ मा प्रकाशित
Nabintech