कोरोनाका कारण बर्दियाका स्वास्थ्यकर्मीको ज्यान ग¥यो

पिपलबाेट संवाददाता


कोरोना भाइरसका कारण दिनप्रतिदिन ज्यान गुमाउनेहरुको संख्यामा वृद्धि हुदै आएको छ । बाँके जिल्लामा जिल्ला भित्रका र जिल्ला बाहिरबाट आउनेहरुको मृत्युद्धर बढ्दै गएको छ । मंगलबार बिहान राजापुर बर्दियाका एक कोरोना संक्रमितको नेपालगन्जमा मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि भेरी अस्पताल नेपालगन्जको कोरोना विशेष वार्डमा उपचार गराईरहेका राजापुर नगरपालिका ८ बर्दियाका ३२ वर्षिय पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कात्तिक १३ गते भेरी अस्पताल नेपालगन्जमा भर्ना गरीएको थियो । अस्पताल भर्ना भएकै दिन गरीएको कोरोना परिक्षणमा ति ब्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि रोगको प्रकृती अनुसार उपचार विधि अपनाईएको थियो । रोगको प्रकृती अनुसार उपचार भईरहेकै समयमा आज बिहान ११ बजे उनको मृत्यु भएको अस्पतालको भनाई उदृध गर्दै बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठका अनुसार मृतक पुरुष निजि स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी जिम्मेवारी समाल्दै आएका थिए । मृतक पुरुषको सब व्यवस्थापनको पहल भइहरको छ ।

२५ कार्तिक २०७७ मा प्रकाशित
Nabintech