दाङमा चितुवाको छाला र लागु औषध अफिमसहित २ जना पक्राउ

पिपलबाेट संवाददाता


दाङमा चितुवाको छाला र लागु औषध अफिमसहित २ जना पक्राउ परेका छन् । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ८ बनगाउँबाट घोराही १२ का २६ वर्षीय मधु डाँगी र प्युठान जिल्ला नौवहिनी गाउँपालिका वडा नम्बर ५ का २७ वर्षीय धनसिंह टमटा पक्राउ परेका हुन । हिजो साँझ ८ बजे बनगाउँमा चितुवाको छाला र लागु औषध अफिमको कारोवार भई राखेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ३ किलो ७ सय ५० ग्राम लागु औषध (अफिम) र ६ फिट ११ ईन्च लामो चितुवाको छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए । पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान कार्य भईरहेको उनले बताए ।

२६ कार्तिक २०७७ मा प्रकाशित
Nabintech