बाँकेमा २१ जना कोरोना संक्रमित डिष्चार्ज

पिपलबाेट संवाददाता


बाँकेमा आज २१ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा १२ पुरुष र ९ महिला छन् यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ हजार १ सय ५० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । जिल्लामा कोरोना निको हुने दर ९१.३६ प्रतिशत रहेको छ । आइसोलेसनमा २ सय ६३ जना छन् ।बाँकेमा हालसम्म ३ हजार ४ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म ३५ जनाको मृत्युु भएको छ ।

 

२६ कार्तिक २०७७ मा प्रकाशित
Nabintech