बिहारमा फेरि सत्ताधारी दललाई बहुमत

पिपलबाेट संवाददाता


भारतको बिहार राज्यमा फेरि जनता दल युनाइटेड (एनडीए)को सरकार बन्ने निश्चित भएको छ । २ सय ४३ विधानसभाको लागि भएको चुनावमा एनडीएले १ सय २७ सिट जितेको छ ।   भारतीय जनता पार्टी र जनता दल युनाइटेडको गठबन्धन (एनडीए) मा जनता दल युनाइटेडले ४३ सिट र भारतीय जनता पार्टीले ७४ सिट जितेको बीबीसी हिन्दीले जनाएको छ ।बहुमतका लागि चाहिने १ सय २२ सिटको आँकडा पार लगाउँदै भाजपा र जनता दल युनाइटेडको गठबन्धन (एनडीए) को सरकार बन्ने पक्का भएको हो ।

एनडीएका तर्फबाट सातौँ पटक अब नितिश कुमार नै बिहारको मुख्यमन्त्री बन्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । एनडीएको टक्कर दिने महागठबन्धनले १ सय १० सिटमा जित निकालेको छ भने राष्ट्रिय जनता दलले ७५ सिटमा जितेको छ ।बिहार विधानसभाको तीन चरणमा चुनाव सम्पन्न भएको थियो । कोरोना भाइरसका कारण चुनावको नतिजा प्रकाशनमा यस पटक केही ढिलाइ भएको निर्वाचन आयोगले जनाएको छ ।कोरोना भाइरसका कारण सामाजिक दूरी कायम गर्नुपर्ने जनाउँदै यस पटक मतदान केन्द्रको सङ्ख्या ७२ हजार सात सय २३ वटा थप गरिएका कारण पनि चुनावी मतगणनामा ढिलाइ भएको बताइएको छ ।बिहारमा गएको अक्टोवर २८, नोभेम्वर ३ र नोभेम्बर ७ मा तीन चरणमा चुनाव भएको थियो ।

२६ कार्तिक २०७७ मा प्रकाशित
Nabintech