बाँकेको कोहलपुरबाट सात किलो अफिमसहित दुई जना पक्राउ

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरबाट सात किलो अफिमसहित दुई जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कोहलपुरको बसपार्कस्थित भेरी गेष्ट हाउसबाट सात किलो अफिमसहित जाजरकोटका वीरेन्द्रमान सिंह र जयबहादुर सिंहलाई पक्राउ गरेको हो। गरिएको कुरा बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गरि सार्बजनिक गरेको छ ।

२६ कार्तिक २०७७ मा प्रकाशित
Nabintech