राजा आऊ देश बचाउ भन्दै बर्दियामा र¥याली

पिपलबाेट संवाददाता


पछिल्लो समयमा राजा आऊ देश बचाउ भन्दै देशका विभिन्न जिल्लाहरुमा विशाल र ¥याली सहित प्रर्दशनका कार्यक्रमहरु भइरहेका छन् । बुधबार बर्दियामा राजाको पक्षधरमा रहेर विशाल मोटरसाइकल र¥र्याली सहित प्रदर्शन गरेका छ्न । देश र श्रीपेच वचाउ भन्दै राजसंस्थासहित हिन्दु राष्ट्र पुनस्थापनाका लागि देशव्यापी अभियान थालेको वीर गोर्खाली एटी र स्वतन्त्र राष्ट्रवादी अभियानको आयोजनामा बुधबार बर्दियाको बाँसगढीमा राजावादीले विशाल प्रदर्शन गरेका हुन ।

बर्दियामा शक्ति प्रदर्शनका हिसाबले राष्ट्रिय झण्डासहित राजा आउ देश बचाउ, गणतन्त्र धोका हो भन्दै राजाको जयजयकारमा नाराबाजि गरेका थिए । करिब पाँचसय बढी मोटरसाइकल सहितको र¥र्यालीले बाँसगढी, मैनापोखर, गुलरिया पुलहुँदै पुनः बासगढीसम्म गणतन्त्र बाईबाई भन्दै राजतन्त्रको समर्थन र पुनस्थापनाका लागि नाराबाजी गरेको थियो । सो क्रममा प्रहरी प्रशासनले अभियान्ता युवराज शाही र बिजय काफ्ले माथी दमन गरेको अभियान्ता शाहीले बताएका छन् । राजा आऊ देश बचाऊ भन्दै केही दिन अगाडी बाँकेको कोहलपुरमा पनी विशाल र¥याली भएको थियो ।

२६ कार्तिक २०७७ मा प्रकाशित
Nabintech