यस पीपलबोट राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक राम बहादुर रावतलाई कोरोना पोजेटिभ देखिएको छ । नेपालमा कोरोना भाईरसको जोखिमता देखिए संगै फरन्ट लाईनमा रिपोटिङ गदै आएका कार्यकारी सम्पादक रावतलाई बुधबार कोरोना रिर्पोट पोजेटिभ देखिएको हो । गत चैत्र महिना देखी कोरोना भाइरसको जोखिमको समयमा संचारकर्मीको महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएका रावत बुधबार भेरी अस्पताल नेपालगञ्जको पिसीआर प्रयोग शालामा भएको परीक्षणमा कोरोना कोरोना पोजेटिभ देखिएको हो । सम्पादक रावतलाई हाल सम्म कुनै किसिमको कोरोना भाइरसको लक्षण नदेखिएको र परिक्षण गर्दा रिर्पोट पोजेटिभ आएको छ । कोरोना भाइरसको शुरुवातको चरणदेखी पत्रकार रावतले सुचना प्रवाहमा महत्वपूर्ण भुमिका खेल्दै आएका थिए । कोरोना पोजेटिभ देखिएपछि होटल इन्द्रेणी नेपालगञ्जको आइसोलेसनमा बसिरहेको र हाल स्वास्थ्य अवस्थामा सामान्य रहेको छ । राम वहादुर रावत नेपाल प्रेस यूनियन बाँके शाखाका कार्यसमिति सदस्य तथा एभिन्यूज टेलिभिजनका स्थानिय रिपोटर समेत रहेका छन् ।