कोहलपुरमा सुस्तायो कपडा व्यापार

पिपलबाेट संवाददाता


तिहार फूल मसला मात्र हैन कपडाको व्यापारका लागि पनि सिजन हो । एकातिर उपहार र अर्कोतिर जाडोका कपडा किन्ने समय हो तिहार । तिहार संगै यो बर्षको जाडोयाम शुरु भइसकेको छ । जाडो याममा न्याना तथा बाक्ला कपडा आवश्यक पर्छ जाडोका लागि नयाँ डिजायनका कपडा किन्ने चलन हुन्छ । तिहार एउटा ठूलो पर्व अनि जाडो पनि केही बढी हुँदा न्याना लुगाको व्यापार यो समय बढनु सामान्य हो तर बाँकेको कोहलपुरमा कपडा व्यवसायी संचालन गर्दै आएका व्यापारीहरुले यस वर्ष व्यापार नभएको दुखेसो पोखेका छन् । विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको असर बाँकेको कोहलपुरको बजार, व्यापार तथा व्यवसाय समेत प्रभाव परेको छ । कोरोनाको संक्रमण छिमेकी राष्ट्र भारतमा फैलिएसँगै सीमावर्ती जिल्ला बाँकेका बिभिन्न क्षेत्रमा प्रभाव परेको हो । विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाईरसको जोखिममा नेपाल समेत परेपछि सिमावर्ती जिल्ला बाँकेको कोहलपुरको व्यापार तथा व्यवसाय सुस्ताउँदै गएको हो । बाँकेको मुख्य बजारहरुमा चहलपहल गत वर्षको तुलनामा निकै कम रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकको संख्या ह्वातै घटेको छ । बजारमा उपभोक्ता घट्दा सबै क्षेत्रमा आर्थिक कारोबार सुस्ताउदै गएको व्यापारीहरु बताउँछन् । ‘कोरोनाको हल्लाले मान्छे आउन छाडे’ कोहलपुरमा लामो समयदेखी एसएमवि कपडा उद्योगमा संचालन गर्दै आएका पुष्प सापकोटाले भने, गतवर्षको तुलनामा कोरोना भाइरसका
कारण कपडा उद्योगमा उत्पादन भएतापनी बिक्री वितरण भने ३० प्रतिशत मात्र भएको बताउछन् । कोहलपुर नगरपालिकाको मुख्य सडकमा कपडा व्यवसायी गर्दै आएका प्रतावराज भण्डारीले भने, कोरोना भाइरसका कारण सामान ल्याउन समस्या छ । ‘त्रासले मानिसहरु कपडा किनेमेल गर्न पनि आउनै छाडेका छन् ।’ उनले भने, ‘समग्रमा कोहलपुरको व्यापार, व्यवसाय ५० प्रतिशतले खच्केको छ ।’ बजारमा मानिसहरुको चहलपहल घटेपछि त्यसको प्रभाव होटल व्यवसायमा समेत परेको छ । करोडौँ लगानी गरेर खुलेका जिल्लाका होटल तथा लजहरु पनि अहिले सुनसान जस्तै छन् । सरकारले कारोनाको संक्रमणबाट बच्न होसियारी अपनाउदै सभा, सम्मेलन तथा छलफल र गोष्ठीहरु नगर्न भनेपछि यसको असर होटल व्यवसायमा परेको हो । कोहलपुरमा कपडा व्यवसाय गर्दै आएकी व्यवसायी संगिता सुवेदीका अनुसार कपडा व्यवसायीहरुको व्यापार पहिलेको तुलनामा खास्सै नचलेको बताइन् ।
पहाडी जिल्लाबाट कोहलपुरमा अस्थाई रुपमा बसोबास गर्दै आएका मानिसहरु कोहलपुर फर्केका छैनन् जसका कारण पनी कोहलपुरको व्यापार व्यवसायीहरुमा फड्को मार्न सकेको छैन् । लामो समयसम्म भएको बन्दाबन्दीले भाडामा कपडा व्यवसाय गर्दै आएका कतिपय व्यवसायीहरुले भाडा तिर्न समेत मुस्किल भएको छ । हिन्दुहरुको महानपर्व दिपावली घर आगन नजिकिदै गर्दा पनी कोहलपुर क्षेत्रमा चहलपहल भने कमै देखिएको जसका कारण व्यापार व्यवसायीहरु थप मर्कामा परेका हुन ।

२८ कार्तिक २०७७ मा प्रकाशित
Nabintech