उद्योग बाणिज्य महासंघको प्रचार प्रसारमा शर्मा र अधिकारीलाई खटाइने

पिपलबाेट संवाददाता


नेपाल उद्योग वाणिज्य संघको ५४ औं साधारण सभा तथा महानिवेशनको केन्द्रिय कायकारिणी सदस्यका उम्मेदार रहेका कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारीलाई जिताउनका लागि प्रचार प्रचारको लागी दुई सदस्य टोली गठन गरिएको छ ।  कोहलपुर उद्योग वाणिज्य संघको कार्तिक २७ गते वसेको कार्यसमितिको वैठकले समितिका का.वा अध्यक्ष नमप्रसाद शर्मा र संघका महासचिव तेज प्रसाद अधिकारीको टोलीलाई मंसिर २ गते देखि प्रदेश १,२ र ३ मा हुने टिमको प्रचार र सभामा सहभागिता गराउने निर्णय गरिएको छ ।

कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारी चुनाव प्रचार प्रचारको क्रममा पाल्लपा जिल्लामा गाडि दुर्घट्नामा परी उपचारका क्रममा काठमाण्डौ रहेका छन् । बिहिबार २७ गते कार्यबाहक अध्यक्ष नम प्रसाद शर्माकाृ अध्यक्षतामा बैठक बसि निर्णय गरेको हो ।

२८ कार्तिक २०७७ मा प्रकाशित
Nabintech