लाइन्स क्लव कोहलपुरको आयोजनमा १ सय ११ पिन्ट रगत संकलन

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा शुक्रवार लाइन्स क्लवको वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लाइन्स क्लव अप कोहलपुर,लाइन्स क्लव अप बैदिकनगर चितवन, लाइन्स क्लव अप कोहलपुर सयप्रति, लाइन्स क्लव अप कोहलपुर ग्रिन सिटी, लाइन्स क्लव अप कोहलपुर कस्तुरी, लाइन्स क्लव अप कोहलपुर मानसरोवर गरी पाँच वटा क्लवको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको लाइन्स क्लवका जोन चियर प्रर्सन कार्यक्रम संयोजक चण्डी प्रसाद गैरेले जानकारी दिए । उक्तआयोजित रक्तदान कार्यक्रममा १ सय ११ पिन्ट रगत संकलन भएको छ । लाइन्स क्लव कोहलपुरको आयोजनामा भएको रक्तदान कार्यक्रमामा सहयोगीको रुपमा पश्चिमा अञ्चल पोल्टी फर्मले अण्डा सहयोग गरेको थियो । कोहलपुर स्थित गण्डकी जनरल स्र्टोसले १ सय ५० पिस फुर्टी , भुषाल एण्ड भुषाल ब्रोर्दश मार्फत १ सय ५० पिस फुर्टी व्यवस्थापनगरेको थियो भने नेपाल वयल क्यिर एग्रोभेट प्रालिले अतिथिहरुलाई खानाको व्यवस्थापन गरेको हो । रक्तदान कार्यक्रमलाई सफल बनाउनका लागि मनकामना गुप्र पिपिरी कोहलपुरबाट ५ हजार नगद सहयोग उपलव्ध भएको लाइन्स क्लव अप कोहलपुर मानसरोवरका प्रकाश शाहले जानकारी दिए । लाइन्स क्लव कोहलपुरले यस भन्दा पहिलेपनी कोहलपुरको विकासका लागि विभिन्न कामहरु गर्दै आएको छ ।
कोरोना भाइरसको जोखिमको समयमा मास्क, सेनिटाइजर वितरण , कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा हातधुने टयाङ्की निर्माण, कोहलपुर नगरपालिका वडा नं. ७ मा वृक्षारोपण कार्यक्रम लगायत महत्वपूर्ण कार्यहरु गर्द आएको लाइन्स क्लवका जिल्ला कोडिनेटर युवराज क्षेत्री बताउछन् । उक्त रक्तदान कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ग,जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख ओम बहादुर राना , कोहलपुर नगरपालिका नगर प्रमुख लुट बहादुर रावतको समेत उपस्थिती रहेको थियो । लाइन्स क्लव का जिल्ला कोडिनेटर चिन्तामणी धितालका अनुसार आगामी दिनमा पनी सामाजिक क्षेत्रमा लाइन्स क्लवले काम गर्दै आइरहेको र थप कार्यक्रमहरु गर्दै जाने बताएका छन् ।

२८ कार्तिक २०७७ मा प्रकाशित
Nabintech