बादी समुदायको पुख्र्यौली पेशा कोरोनाका कारण संकटमा

पिपलबाेट संवाददाता


यतिखेर हिन्दू धर्मावलम्बी को घरमा दशैँ पछाडिको दोस्रो चाड तिहार प्रवेश गरिसकेको छ । तिहार आएपनि गत वर्षजस्तै बजारमा मादल किनमेल गर्नेहरू को खासै भीडभाड पनि देखिँदैन । पुख्र्यौली पेशाका रूपमा धानिएको बादी समुदायको मादल बनाउने पेशा पछिल्लो समय सङ्कटमा परेको छ । कोरोना भाइरस सङ्क्रमण फैलिएपछि बादी समुदायले मादल बिक्री गर्न पाएका छैनन् । मादल बेचेर जीविका चलाउने बादी परिवारलाई कोरोना महामारीले आर्थिक सङ्कट निम्त्याएको छ । आधुनिकताको प्रयोगसँगै मादल बनाउने पेशा लोप हुँदै गएको छ । त्यसमाथि कोरोनाको प्रभावले मादल बनाउने पेशा थप सङ्कटमा पर्यो,बाँके राप्तीसोनारी २ का सन्देश बादी भन्छन्, सबैभन्दा बढी व्यापार हुने समय दशैँ र तिहारमा पनि कारोवार हुन नसक्ने बताउछन् । यो समयमा सबैभन्दा बढी मादल बिक्री हुन्थे, बनाएका मादल थन्किएका छन् ।
कुनै समय मादल बनाउन भ्याइनभ्याई हुने बादी समुदायका नागरिक यतिबेला भने फुर्सदमै देखिन्छन् । विगतका वर्षजस्तो यसपालिको तिहारमा काम नआएको राप्तीसोनारी गाँउपालिकाका २ कि भुमिसरा बादीको भनाइ छ ।

दशैँतिहारमा रातदिन मादल बनाउनुपथ्र्याे, यस वर्ष कामै छैन, उनी भन्छिन् मैले यही सिजनमा कमाएको रकमले घर चल्थ्यो, यस वर्ष त दशैँलाई लक्षित गरी तयार गरिएका मादल थन्किएका छन् । विगतका वर्षमा थारू समुदायले तिहार धुमधाम नाचगान गर्थे । थारू समुदाय लगायत अन्य मानिसहरुले नाचगानका कारण मादलको कारोवार ठीकै हुन्थ्यो तर यसपालि भने कोरोनाका कारण थारूगाउँमा पनि खासै दशैँको रौनकता भएन,तिहार पनी रोनकता नहुने २० वर्ष अगाडी देखी मादल बनाउने पेशामा आवद्ध भएका कोहलपुर नगरपालिका वडा नं. १ का जयलाल गन्र्दभ बताउछन् । जयलाल भन्छन् यस वर्ष मादलको व्यापार भएन र तिहारमा देउसीभैलो खेल्नेले मादल किन्थे ।तिहारमा पनि बिक्री हुने छाँटकाँट छैन । बढ्दो आधुनिकतासँगै बादी समुदायको पुख्र्याैली पेशाको रूपमा रहेका सुल्फा र मादल बनाउने पेशासमेत लोप हुँदै गएका छन् । मानिसहरु आधुनिक बाजामा रमाउन थालेसँगै बादी समुदायको मादल बनाउने पेशा सङ्कटमा एकातर्फ परेको थियो । उता बाँके जिल्ला प्रशासन कार्यालयले पनी यस वर्षको तिहारमा देउसी भैलो नखेल्न अनुरोध गरेको छ । नेपाली संस्कृतिसँग मादलको सम्बन्ध गाँसिएको छ । यसको संरक्षण गर्न सम्वन्धीत निकायले ध्यान दिन जरुरी रहेको छ ।

२८ कार्तिक २०७७ मा प्रकाशित
Nabintech