नेपाली कांग्रेस बाँकेका पार्टी सचिव पौडेललाई कोरोना पुष्टि

पिपलबाेट संवाददाता


नेपाली कांग्रेस बाँकेका पार्टी सचिब तप्त बहादुर पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । पिसीआर परिक्षणका लागि मंगलबार स्वाब दिएका पौडेललाई बुधबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो ।  कोरोना संक्रमण भए पश्चात् पौडेल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ स्थित आफ्नै निवासमा होम आइसोलेसनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको पौडेलले जानकारी दिएका छन् । आफुसंंग सम्पर्कमा आएका ब्यक्तिहरुलाई सुरक्षित भएर आइसोलेसनमा बस्न र लक्षण चिन्ह देखिए कोरोना परिक्षण गर्न उनले अनुरोध समेत गरेका छन् । कोरोना भाइरस संक्रमण भइहालेपनी नआतिन र सुरक्षित सम्पूर्ण सावधानी अपनाउन समेत सचिब पौडेलले अनुरोध गरेका छन् ।

४ मंसिर २०७७ मा प्रकाशित
Nabintech