शुक्रवार भेरीमा निशूल्क एन्टीबडी चेकअप हुने

पिपलबाेट संवाददाता


नेपाली कांग्रेस बाँके जिल्ला कोभिड –१९ संक्रमण सूचना समितीले निशूल्क एन्टी बडी चेक अप र पिसिआर चेकअप गर्ने भएको छ ।
कोरोना पोजेटिभ भई सन्चो भएकाहरुको शुक्रवार भेरी अस्पताल नेपालगञ्जमा एन्टीबडी चेक अप र पिसिआर चेकअप हुने भएको हो । शनिवार प्लाज्मा दिन चाहनेहरुको लागि प्लाज्मा डोनेसन कार्यक्रम राखिएको नेपाली कांग्रेस बाँके जिल्ला कोभिड १९ संक्रमण सूचना समितीका अध्यक्ष लक्ष्मीनारायण शाहले जानकारी दिए । पछिल्लो क्रममा कोरोनाका बिरामी आइसियू र भेन्टिलेटरमा उपचार गर्नै पर्ने भेटिएका छन् । कोरोना संक्रमितको उपचारका लागि आवश्यक भ्याक्सिन उपलब्ध हुन नसक्दा नेपालमा प्लाज्मा थेरापीको नयाँ विधि अपनाइएको छ । प्लाज्मा थेरापी कोरोनाका बिरामीको उपचारमा उपयोगी देखिएको छ डाक्टरहरुको भनाई रहेको शाहले बताए ।शनिवार नेपाली कांग्रेस केन्द्रिय कोभिड १९ संक्रमित सूचना समिती संयोजक डा. प्रकाश शरण महतले कार्यक्रमको उद्घाटन गर्ने तय भएको शाहले बताए ।

४ मंसिर २०७७ मा प्रकाशित
Nabintech