अध्ययन गर्ने समय समेत नदिएर ऐन पारित भयो उप–प्रमुख चौधरी

पिपलबाेट संवाददाता


नेपाली काँग्रेसबाट निर्वाचित जन प्रतिनिधीहरुले कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावत लगायत कोहलपुर नगरपालिकाकाले
गरेको गल्ती ढाकछोप गर्न हतार हतार बातावरण तथा प्राकृतिक श्रोतका संरक्षण ऐन ल्याईएको आरोप लगाएका छन । शुक्रवार कोहलपुर नगरपालिकामा पत्रकार सम्मेलन गरेर नगर उप प्रमुख सञ्जु कुमारी थारु लगायत कोहलपुर नगरपालिकाबाट निर्वाचित ३१ जना नगर सभा सदस्यहरुले यस्तो आरोप लगाएका हुन ।
उनिहरुले यस अघि कोहलपुर नगरपालिकाले हचुवाको भरमा २ करोड अनुदान सहित फोहर मैला व्यवस्थापनका लागि जटायु रिसाईकलर्सलाई दिएको फोहर मैला व्यवस्थापनको कामलाई बैधानिकता दिन तथा सो कम्पनिका लागी अवस्यक पर्ने वातावरणीय प्रभाव मुल्याकन  रिपोट आफैले तयार गरिदीन हतार हतार ऐन ल्याईएको उनिहरुको आरोप छ । कोहलपुर नगरपालिका उप प्रमुख सञ्जु कुमारी थारुले सो ऐन उपर छलफलका लागी आफुहरुले २ दिनको समय माग गरेको भएपनि नगर प्रमुख एंव सभाका अध्यक्षले सो समय आफुहरुलाई नदिएर बहुमतका आधारमा ऐन पारित गरिएको बताईन । उनले कतिपय सार्वजनीक महत्वका ऐनहरुलाई थाति राखेर निहीत स्वार्थ पुर्तिका लागी नगर प्रमुख रावत र बहुमत सदस्यहरु अगाडी बढेको  पत्रकार सम्मेलनमा जानकारी दिईन ।नेपाली काँग्रेसबाट निर्वाचित जन प्रतिनिधीहरुले आफ्ना १५ बँुदे प्राथमिकता सार्वजनिक गर्दै कोहलपुर नगरपालिका अपारदर्शी तरिकाले अगाडी बढेको आरोप लगाएका छन ।उनिहरुले कोरोना महामारी नियन्त्रणका लागि कार्यबिधी निर्माण गरेर गरिब तथा बिपन्नलाई रोजगारी सृजना गर्न कार्यबिधी ल्याउन माग गरेका छन । उनिहरुले कोरोना माहामारीका समयमा बिपन्नहरुलाई पालिकाकोतर्फ बाट पिसीआर जाँच गर्न , बन्द रहेका शैक्षिक संस्था सञ्चालनका लागि कार्यबिधी पारित गर्न माग गरेका छन । उनिहरुले कोरोनको असर कम गर्न रोजगारी सृजना हुने क्षेत्रमा लगानी गर्न कृषकहरुलाई मल बिउ सिंचाईको उचित प्रवन्ध गर्न माग गरेका छन । उनिहरुले निश्चित गैर सरकारी संस्थाहरुलाई पोस्ने गरि कोहलपुर नगरपालिका अगाडी बढेको भन्दै रोक्न माग गरिएको छ । उनिहरुले बढदो बेरुजु रोक्नका लागी बेरुजु असुली सम्वन्धी कार्यबिधी बनाएर काम अगाडी बढाउन माग गरेका छन् । उनिहरुले प्रचलित बिधी अनुरुप रहने गरी सार्वजनिक लेखा समिती र सुशासन समिती बनाउन समेत माग गरेको उप प्रमुख थारुले बताईन ।उनिहरुले ऋण लिएर तत्काल ठुला आयोजनाहरु सुचारु नगर्न माग गर्दै लामो दुरीको बसपार्क , बधशाला र घन्टाघर जस्ता आयोजना रोकेर ग्रामीण स्तरमा रोजागारी हुने कार्याक्रम अगाडी बढाउन माग गरेका छन । नगर उपप्रमुख थारुले बिकासका प्राथमिकता तय गर्दै कोहलपुर नगरपालिकाको नगर सभाले पास गरेको कार्यक्रम भन्दा बाहीर बितरण मुखी बजेट ल्याएर नगर प्रमुख रावत लगायत बहुमत सदस्य जनतालाई धोका दिएको आरोम समेत लगाईन । कोहलुर नगरपालिका वडा नं १० का अध्यक्ष निरज चलाउनेले नगरका गौरवका आयोजनाहरु कटौती गदै गैर सरकारी संस्थाहरु पोष्नेगरी काम गर्न खोजिएको आरोप लगाए । उनले नगरपालिका भित्र चरम भ्राष्टाचार र अनियमितता भएको भन्दै अबिलम्व सार्वजनिक लेखा समिती गठन गर्न माग गरे । उनले सार्वजनिक लेखा समिती निर्माणका क्रममा दुष्यतका साथ वडा अध्यक्षहरु सो समितीमा रहन नपाउने व्यवस्था गरि ऐन निर्माण गरिएको आरोप लागाए ।पत्रकार सम्मेलनमा उपस्थित नेपाली काँग्रेसका नेता भानुभक्त भट्टराईले कोहलुर नगरपालिकाले प्रतिपक्ष र जनताको कुरा नसुन्ने भएको बताए । उनले रावतले कोहलपुर नगरपालिकालाई सहि नेतृत्व दिन नसकेको र नेतृत्व गर्न सक्ने क्षमता नरहेको अरोप लगाएका छन ।काँग्रेस नेता नरायण गौडेलले आफुहरुले ३ बर्ष स्थानिय सरकारको काम कार्यवाहीलाई नियालेको र पटक पटक सच्चिन आग्रहग गरेको बताउदै अव आन्दोलनमा जाने बताए । उनले कोहलुर नगरपालिका भित्रका बेथिती काँग्रेसले टुलुट्ुलु हेरेर नबस्ने धारणा राखे । नगर प्रमुख रावतले उप प्रमुखले लगाएका सवै आरोप गलत भएको वताए । आफुले सो ऐन कार्तिक २४ गते नै सवै जन प्रतिनिधिको हातमा पने गरी ऐन उपलव्ध गराएको बताए ।
तर उप प्रमुखले सभालाई थप एक दिन वढाई अध्ययन गर्ने समय दिन माग गरेको र सभा बढाउदा खर्च बढि आउने भएकाले ऐनलाई टेबुल गर्दा सर्वसहमतबाट पास भएको प्रमुख रावतले वताए । ऐन पहिला दिदा अध्ययन नगर्ने पछि समय माग गरेर उप प्रमुखले बखेडा झिकेको रावतले आरोप लगाए ।

६ मंसिर २०७७ मा प्रकाशित
Nabintech