प्लाज्मा दानको लागी ३५ जनाको एन्टिबडी चेकजाँच

पिपलबाेट संवाददाता


नेपाली काँग्रेसद्धारा गठित कोभिड १९ अनुगमन समिति बाँकेको आयोजनामा शुक्रबार एन्टिबडी चेकजाँच तथा पीसीआर परीक्षण गरिएको छ । जिल्ला प्रशासन कार्यालय मा आयोजना गरिएको पीसीआर तथा एन्टिबडी जाँचमा ३५ जनाले नमुना दिएका छन् । कोरोना भाइरस संक्रमणबाट गम्भीर अवस्थामा पुगेका  विरामीलाई प्लाज्मा विधिबाट उपचार गर्ने गरिएको छ । उक्त प्लाज्मामा संक्रमित व्यक्तिसँग लड्ने एन्टिबडीको विकास भएको छ छैन भनेर पुनः पीसीआर गरेर एन्टिबडी निकालिएको हो । कोरोना भाइरस संक्रमणबाट मुक्त भएका व्यक्तिहरुबाट प्लाज्मा निकाल्ने गरिन्छ । संक्रमणबाट मुक्त भएका कतिपय व्यक्तिहरुबाट निकालिए को प्लाज्माले विरामीलाई रिकोभरी नगरेपछि एन्टिबडी जाँच गरेरमात्र प्लाज्मा निकाल्ने गरिएको छ । शुक्रबार एन्टिबडी जाँच गरेका उनीहरुको भोलि प्लाज्मा निकाल्ने कार्यक्रम गरेको अनुगमन समितिका संयोजक लक्ष्मी नारायण शाहले जानकारी दिएका छन् ।सरकारले कोरोना भाइरस रोकथाम, नियन्त्रण, निदान र उपचारमा प्रभावकारी भुमिका निभाउन नसकेको बताए । त्यही भएर काँग्रेसको केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्लामा अनुगमन समितिले संक्रमितको उपचारमा सहयोग पुगोस् भनेर प्लाज्मा दान कार्यक्रमको आयोजना गरिएको उनले वताए ।आज हुने प्लाजमा डोनेसन कार्यक्रममा काँग्रेस सहमहामन्त्री डा प्रकासशरण महतको सहभागिता रहने भएको छ । शुक्रबारको कार्यक्रम उद्घाटन गर्दे प्रमुख अतिथि प्रमुख जिल्ला
अधिकारी रामवहादुर कुरुम्वाङले प्लाजामा दान गर्नु भनेको कुनै अरु विरामीहरुलाई जिवन दान गर्ने महान कार्य भएको वताए ।

६ मंसिर २०७७ मा प्रकाशित
Nabintech