गोपीचन्द्र पार्कीले जिते नेपालगञ्ज म्याराथनको उपाधि

पिपलबाेट संवाददाता


ठौं नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले जित्नुभएको छ ।निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पूरा गरेर शनिबार बिहान भएको प्रतिस्पर्धामा पार्की पहिलो हुनुभएको हो । उहाँ १३ औँ सागका स्वर्ण पदक विजेता समेत हुनुहुन्छ ।नेपालगञ्ज म्याराथनका पूर्व विजेता नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो हुनुभएको छ । उहाँ निर्धारित दूरी २ घण्टा २० मिनेट ४९ सेकेण्डमा पूरा गर्नुभएको थियो ।

यस्तै हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरीकी पुष्पा भण्डारीले जित्नुभएको छ । शनिबार बिहान भएको प्रतिस्पर्धामा निर्धारित दूरी १ घण्टा २६ मिनेट ५४ सेकेण्डमा पूरा गरेर उहाँले उपाधि जित्नुभएको हो ।१३ औं सागमा रजत पदक विजेता पुष्पाले उपाधिसँगै ३० हजार रुपैयाँ प्राप्त गर्नुहुनेछ ।दोस्रो स्थान कर्णाली प्रदेशकी मन्जु रावतले प्राप्त गर्नुभएको छ । जुम्लाकी धाविका मन्जुले १ घण्टा ३० मिनेट ७ सेकेन्डमा दुरी पुरा गर्दै १५ हजार रुपैयाँ जित्नुभएको छ ।लुम्बिनी प्रदेशकि शर्मिला घर्तीले तेस्रो स्थान हासिल गर्नुभएको छ । शर्मिलाले १ घण्टा ३८ मिनेट १४ सेकेन्डमा दुरी पुरा गर्नुभएको हो । उहाँले १० हजार रुपैयाँ पाउनु हुनुेछ ।

६ मंसिर २०७७ मा प्रकाशित
Nabintech