शनिवार बिश्व मत्स्य दिवस शम्शेरगंजमा मनाईयो

पिपलबाेट संवाददाता


बिश्व मत्स्य दिवसका अवसरमा बाँकेमा बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । मत्स्य बिकास केन्द्र राप्ती सोनारी ८ समशेरगंजमा शनिवार सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको छ ।खाद्य पोषण र आर्थिक समृृद्धिका लागी मत्स्य प्रबद्र्धन एंव संरक्षण गरौ भन्ने मुला नाराका साथ आयोजिक कार्यक्रमा माछा सेवन स्वाथ्यका लागी पनि फाईदा जनक भएकोमा जोड दिईएको छ । मत्स्य बिकास केन्द्रका बरिष्ठ मत्स्य बिकास अधिकृत श्रवण कुमार चौधरीले कम लगानीमा बढि फाईदा लिने व्यवसाय मत्स्य पालन भएकोमा जोड दिए । उनले बाँके बर्दिया लगातका क्षेत्र माछा पालनका लागी उत्कृष्ट भएकोमा पनि जोड दिए ।उक्त कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रममा राप्ती सोनारी गाउँपालिका वडा नं ८ का अध्यक्ष खुम बहादुर बस्नेतले पालिकाले माछा पालक किसानलाई बिभिन्न खाले सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको बताए । कार्यक्रममा बाँके बर्दिया दाँङ जिल्लाका माछा पालक किसान र प्राबिधीकहरुको सहभागिता थियो । मत्स्य दिवसकै अवसरमा राप्ती नदिमा २० हजार माछाका भुरा समेत छोडिएको मत्स्य बिकास केन्द्र समशेरगंजले जनाएको छ ।

६ मंसिर २०७७ मा प्रकाशित
Nabintech