नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिती बाँकेद्धारा प्लाज्मा दान अभियान शुरु

पिपलबाेट संवाददाता


नेपाली कांग्रेस कोभिड –१९ अनुगमन समिती बाँकेको आयोजनमा प्लाज्मा दान कार्यक्रम सम्पन्न भएको छ । प्लाज्मा दान कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिती का केन्द्रिय संयोजक डा. प्रकाश शरण महतले नेपाल सरकारले कोभिडको समयमा जनतालाई सहयोग हुने कुनै किसिमका कार्यक्रम हरु गर्न नसकेको बताए । अदालतले निशुल्क पिसिआर परिक्षण गर्नुपर्ने भनेतापनी सरकारले पिसिआरको चेकजाँचको लागि सर्वधारण बाट शुल्क लिने जस्ता कार्य गर्नु जनभावना विपरित रहेको बताए । प्लाज्मा दान कार्यक्रम भनेको कुनै मानिस मृत्यु संग लडिरहेको अवस्थामा लडन सक्ने शक्ति प्रदान गर्नको लागि प्लाज्मा थेरापी विद्यी अत्यस्तै उपयुक्त विधी हो महतले भने, प्लाज्मा दान गर्नु आफैमा महत्वपूर्ण सहयोग हुने कार्य भएको उनले बताए । प्लाज्मा दान गर्ने सबैलाई हृदयदेखी धन्यवाद समेत व्यक्त गरे ।वली सरकारले व्यापक भष्ट्रचार, अनियमितताका साथै देश संचालन गर्न नसकेको संकेत कोभिडको उपचार गर्न नसक्नु नै हो । विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउन नसक्नु कोभिडका बिरामीलाई उपचार गर्न नसक्नु लगायतका यावत विषयहरुमा सरकार आखाँ चिम्लेर बसिरहेको डा. महतले आरोप लगाए । उक्त प्लाज्मा दान कार्यक्रममा नेपाली कांग्रेस कोभिड १९ बाँकेका संयोजक लक्ष्मी नारायण शाहको सभापतित्वमा संचालन भएको थियो भने विशिष्ट अतिथीको रुममा नेपाली कांग्रेस बाँकेकी जिल्ला सभापती किरण कोइराला अतिथी राजिब बिक्रम शाह लगायतको सहभागीता रहेको थियो । उक्त कार्यक्रमलाई नेपाली कांग्रेस कोहलपुरका सचिव एवं कोभिड १९ अनुगमन समिती बाँकेका सदस्य भुम बहादुर भण्डारीले संचालन गरेको थिए भने नेपाली काग्रेस कोहलपुरका नगर प्रवक्ता यज्ञ महराले स्वागत मन्तव्य राखेका थिए ।

७ मंसिर २०७७ मा प्रकाशित
Nabintech