नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य पदका उम्मेद्वार चक्र बहादुर अधिकारी को पक्षमा निर्वाचन महोल बनेको छ । १३ गतेसम्म काठमाण्डौंमा सम्पन्न हुन लागेको नेपाल उद्योग वाणिज्य महासंघको अधिवेशन मा केन्द्रिय सदस्य पदमा उम्मेद्वारी दिएका अधिकारीले आफ्नो पक्षमा आम उद्योग व्यापारीहरु रहेकोे र आफुले निर्वाचन जित्ने बताएका छन् । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका अधिकारी कोहलपुर क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय कार्य समितिमा उम्मेद्वारी दिने पहिलो व्यक्ति बनेका छन् । महासंघको निर्वाचनलाई लक्षित गरी चुनावि अभियानकै क्रममा अधिकारी पाल्पामा सडक दुर्घटनामा परी घाईते समेत बनेका छन् । घाईते अधिकारीको काठमाण्डौंमा उपचार गरेपछि स्वास्थ्यमा केहि सुधार आएको छ । स्वास्थ्यमा केहि सुधार आएसँगै उनले आफ्नो निर्वाचन प्रचार प्रसार अभियातलाई पुनः देशव्यापी बनाएका थिए ।विशेष गरी साना उद्योगी व्यवसायीहरुका लागि आफ्नो उम्मेद्वारी रहेको बताउँदै उनले नेपाल भरी रहेका साना व्यापारी हरुको हक र अधिकारका लागि आफु संधै कटिवद्ध रहेको बताएका छन् । “राज्यले साना व्यवसायलाई विशेष जोड दिनुपर्दछ र यसका लागि मेरो अभियान जारी रहेको छ । थोरै लगानीमा आफ्नो व्यापार व्यवसाय संचालन गरिरहेका व्यापारीहरुका धेरै समस्याहरु रहेका छन् ति समस्याहरु राज्यले तत्काल सम्बोधन गर्न आवश्यक रहेको छ । उनले भने राज्यसँग नेपालका उद्योगी व्यापारीहरु सहकार्य गर्न तयार रहेको सबैलाई अवगत नै छ, हामी राज्यलाई हाम्रो तर्फबाट पुरा सहयोग गर्दछौं र राज्यले पनि नीतिगत व्यवस्थाका पक्षमा विशेष सहयोग गर्न हामीले आग्रह गरेका छौं ।’ साथै उनले कोरोना भाईरसका कारण देशको अर्थतन्त्रमा परेको असरलाई ध्यान दिई विशेष योजना ल्याउन आवश्यक रहेको बताउँदै कोरोनाको कहरमा परेका व्यापारीहरुलाई पुरानै अवस्थामा फर्कानका लागि राज्यले विशेष भूमिका खेल्न माग समेत गरेका छन् । उनले भने ‘कोरोनाका कारण सबै भन्दा बढि मारमा व्यापारी परेका छन्, त्यसैले व्यापारीहरुको समस्यालाई ख्याल गर्नुपर्दछ र राज्यले व्यवसायीहरुलाई पलायन हुनबाट बचाउनु पर्दछ ।’ सबैको साथ र सहयोग रहेको निर्वाचन प्रसार प्रसारका सदस्य तेज प्रसाद अधिकारीले बताएका छन् । साथै उनले देशभरीका व्यापारीहरुले साथ दिईरहेको बताउँदै अधिकारीले निर्वाचन जित्ने विश्वास लिईएको बताउँदै सबैले अत्याधिक मत दिई बहुमतका साथ बिजय गराउनुहुन अनुरोध प्रचार प्रसार सदस्य तेज प्रसाद अधिकारीले बताएका छन् ।