कोहलपुर जेसिज २०२१ को अध्यक्षमा पाण्डेय

पिपलबाेट संवाददाता


कोहलपुर जेसिज वर्ष २०२१ को अध्यक्षमा राम प्रसाद पाण्डेय चयन भएका छन । शनिबार सम्पन्न जेसिजको १३ औं शाखा अधिवेशनबाट पाण्डे सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा हरिकृष्ण आचार्य, विक्रम भुषालचयन भएका छन् भने उपाध्यक्षमा मञ्जु भण्डारी, गणेश विष्ट, दिपेन्द्र कठायत र कृतिका आचार्य भएका छन । त्यस्तै महासचिवमा इश्वरी प्रसाद शर्मा, कानुनी सल्लहाकारमा राज कुमार पौडेल, र कोषाध्यक्षमा धुब्र आचार्य चयन भएका छन् ।  कार्यक्रममा बोल्दै कोहलपुर जेसीज वर्ष २०२० का अध्यक्ष संगम खनालले विभिन्न कार्ययोजनाहरु कोरोना भाईरसका कारण पुरा गर्न नसकिएको जानकारी दिँदै आफ्नो योजनाहरु पुरा गर्न वर्ष २०२१ को कार्यसमितिलाई आग्रह समेत गरेका छन् । साथै उनले जेसीसले नयाँ कुरा र बोल्न सिकाउने भएकाले जेसीजमा लाग्न यूवाहरुलाई अनुरोध गरेका छन् । समाजिक कार्य गर्नका लागि जेसीजको स्थपाना भएको बताउँदै यूवा शक्ति जेसीजमा आवद्ध हुन आवश्यक रहेको बताएका छन् । कोहलपुर जेसीज वर्ष २०२१का अध्यक्ष राम प्रसाद पाण्डेयले कोरोना भाईरसका कारण कोहलपुर जेसीजले आफ्नो वार्षिक कार्यतालिका अनुसार कामहरु गर्न नसकिरहेको बताउँदै कोहलपुर जेसीज वर्ष २०२० को कार्यसमितिले लिएका लक्ष्य तथा उद्देश्यहरु पूरा गर्नका लागि आफ्नो कार्यसमिति लागि पर्ने बताएका छन् । कोहलपुर जेसीज २०२०का अध्यक्ष संगम खनालको सभापतित्वमा सम्पन्न भएको कार्य्रक्रममा जेसीजप्रेमीहरुको सहभागिता रहेको थियो ।

 

१३ मंसिर २०७७ मा प्रकाशित
Nabintech