जनविश्वासको १८ औं वार्षिक साधारण सभा सम्पन्न

पिपलबाेट संवाददाता


जनविश्वासको १८ औं वार्षिक साधारण सभा सम्पन्न बाँकेको कोहलपुर–२ मा रहेको जनविश्वास बहुमुखी सहकारी संस्था लि.ले आफ्नो १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कोहलपुर नगरपालिका नगर प्रमुख लुट बहादुर रावतले कोरोना भाइरसले सहकारी क्षेत्रमा पारेको असरलाई ध्यान दिई सहकारीहरुले सदस्यहरुको आर्थिक विकास हुने नीति लिन आवश्यक रहेको बताएका छन् । साथै उनले कोहलपुर नगरपालिकाले सहकारीहरुको विकास र वृद्विका लागि विशेष नीति लिने बताउँदै सहकारीमैत्री नीति लिनका लागि आवश्यक सहयोग गर्न सबैमा आग्रह समेत गरेका छन् । कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले सहकारीका साधारण सभा गर्दा विशेष सवाधानी अपाउन आग्रह गर्दै जिल्ला सहकारी संघ बाँकेले जारी गरेको निर्देशिकालाई विशेष ध्यान दिन सबै सहकारीहरुलाई सुझाव दिएका छन् ।
बाँकेको कोहलपुर–२ मा रहेको जनविश्वास बहुमुखी सहकारी संस्था लि.ले आफ्नो १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कोहलपुर नगरपालिका नगर प्रमुख लुट बहादुर रावतले कोरोना भाईरसले सहकारी क्षेत्रमा पारेको असरलाई ध्यान दिई सहकारीहरुले सदस्यहरुको आर्थिक विकास हुने नीति लिन आवश्यक रहेको बताएका छन् । साथै उनले कोहलपुर नगरपालिकाले सहकारीहरुको विकास र वृद्विका लागि विशेष नीति लिने बताउँदै सहकारीमैत्री नीति लिनका लागि आवश्यक सहयोग गर्न सबैमा आग्रह समेत गरेका छन् । कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले सहकारीका साधारण सभा गर्दा विशेष सवाधानी अपाउन आग्रह गर्दै जिल्ला सहकारी संघ बाँकेले जारी गरेको निर्देशिकालाई विशेष ध्यान दिन सबै सहकारीहरुलाई सुझाव दिएका छन् । साथै उनले कोरोना भाईरसले सहकारी क्षेत्रमा पारेको प्रभावबाट केहि सहज बनाउनका लागि राज्यले विशेष नीति लिन आवश्यक रहेकोमा जोड दिएका छन् । कार्यक्रमा संचालन समितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष होम प्रकाश सुवेदीले चालु आर्थिक वर्ष २०७७÷०७८ का लागि सहकारी संस्थाले राखेको भावि कार्य योजना अन्गर्तग संस्थाको शेयर पूँजी २ करोड ५० लाख बनाउने, विभिन्न नयाँ बचत योजनामा आवद्ध गराउँदै आर्थिक वर्षको अन्त्यमा ९ करोड पु¥याउने, स्थानिय उत्पादनलाई प्राथमिकता दिने गरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशसँग सहकार्य भई यथासिघ्र सहकारी बजार संचालन गर्ने बताएका छन् । साथै संस्थाको शेयर पूँजी एक करोड ७५ लाख, बचत ५ करोड ६६ लाख, कर्जा लगानी ६ करोड ६० लाख रहेको छ ।

१३ मंसिर २०७७ मा प्रकाशित
Nabintech