राजसंस्था पुनःस्थापनाको माग राख्दै नेपालगन्जमा शक्ति प्रदर्श

पिपलबाेट संवाददाता


नेपालगन्जमा आज हिन्दूवादीहरुले मोटरसाइकल र्‍यालीसहितको शक्ति प्रदर्शन गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा हिन्दूवादीहरुले आज हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग राख्दै नेपालगन्जमा शक्ति प्रदर्शन गरेेेका छन् ।

बागेश्वरी मन्दिर अगाडीबाट सुरु भई धम्बोझी चोकमा समापन भएको र्‍यालीमा हजारौंको संख्याका मोटरसाइकलसहित आएका हिन्दूवादीहरुले नेपाललाई धर्मसापेक्ष हिन्दु राष्ट्र घोषणा, राजसंस्था पुनःस्थापना, संघीयता खारेजीको माग राख्दै शक्ति प्रदर्शन गरेका हुन् । शक्ति प्रदर्शनको कमान्ड राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देवकोटाले सम्हालेका थिए।राजसंस्थाको पुनःस्थापनाको माग राख्दै गरिएको शक्ति प्रदर्शनमा मोटरसाइकलमा मात्रै नभई गाडी,अटो, रिक्सा र साइकलमा समेत हिन्दुबादीहरु आएका थिए।शक्ति प्रदर्शनमा नेपालगन्जका मेयर डा. धवल शम्शेर राणा,नेपालगन्ज ४ का अध्यक्ष एबम राप्रपाका युवा नेता मो. सफिक बेहना लगायत अन्य नेताहरुको उपस्थिति रहेको थियो।

१३ मंसिर २०७७ मा प्रकाशित
Nabintech