कोहलपुरमा सेन्चुरी बैंकको १२६ औँ शाखाको विस्तार

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा सेन्चुरी बैंकको १२६ औँ शाखाको आइतबार उद्घाटन भएको छ । २ दर्जन भन्दा बढि बैँकको शाखा विस्तार भएको बाँकेको कोहलपुरमा सेन्चुरी बैँकले पनि आफ्नो आफ्नो शाखा विस्तार गरेको हो । कोहलपुर क्षेत्रका नागरिकहरूलाई सरल र छिटो रुपमा सेवा दिनका लागि र औद्योगिक क्षेत्र, साना तथा मझौला व्यवसायीहरुलाई लाभ हुने हिसाबले लगानीका कार्यक्रमहरु रहेको सेन्चुरी बैँक शाखा कोहलपुरका शाखा प्रमुख विश्व भारतीले बताए । बाँकेको कोहलपुर पीपलचौतारा नजिक रहेको उक्त बैँकको शाखाले सोमबारदेखी आफ्नो कारोबारो थालेको छ । हाल बाँकेको कोहलपुरमा दर्जनौ भन्दा बढि बैंकका शाखाहरु विस्तार र प्रतिस्पर्दा भइरहेका बेला सेन्चुरी बैंकले थप सेवाग्राहीहरु सुलभ कर्जा सरल छिटो छरितो रुपमा सेवा पाउने आशाबादी रहेका छन् ।

१४ मंसिर २०७७ मा प्रकाशित
Nabintech