कोहलपुरमा काँग्रेसद्धारा सरकार विरुद्ध प्रदर्शन

पिपलबाेट संवाददाता


बाँके कोहलपुरमा नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिले सरकार विरुद्ध प्रर्दशन गरेकोछ । तनहुँ व्यास नगरपालिका १,१० र ११ जोड्ने बुल्दी खोलामा निर्मित पुल बुधबार उद्घाटन गर्न पुगेका प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माथि गरिएको प्रहरी दमनको विरोध गरिएको छ । कोहलपुर नगर कार्य समितिको नेतृत्वमा धिताल पेट्रोल पम्पबाट सुरु भएको विरोध ¥याली चौराहा हुँदै ईलाका प्रशासन कार्यालय कोहलपुरको अगाडि गएर कोण सभामा परिणत भएको थियो । उक्त कोण सभामा बोल्दै नेपाली काँग्रेस बाँकेका उपसभापति फुलराम थारुले वर्तमान सरकारले चौतर्फी भष्टचारको जर्जर अवस्थमा पुगेको बताउँदै नेपाली जनताले स्वास्थ्य उपचार नपाईरहेको बताएका छन् । साथै उनले नेपाली काँग्रेस वरिष्ठ नेता पौडेलमाथि गरिएको संघातिक आक्रमणको विरुद्धमा आम जनता सडकमा आउने चेतनवी दिँदै सरकारले आफ्ना गदमहरु सच्याउनुपर्नेमा जोड दिएका छन् ।साथै उनले वर्तमान सरकारका विरुद्व टाउकोमा कफन बाँधेर अगाडि बढ्न काँग्रेसका कार्यकर्ताहरुलाई अनुरोध गर्दै केहि संकेतिक विरोध मात्र गरिएको र विरोध यतिमै अन्त्य नहुने चेतनवी दिएका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कोहलपुर नगरकार्यसमितिका सभापति बलराम शर्माले काँग्रेसका नेता माथि गरिएको आक्रमणबाट कम्प्युनिष्ट सरकारे आयू छोटिदै गएको बताउँदै सरकारले लोकतन्त्रीक राज्य व्यवस्थालाई आत्मासाथ गर्न चुनौति दिएका छन् । साथै उनले देशको विकास र समृद्धिका लागि वर्तमान सरकारसँग नेपाली काँग्रेस सहकार्य गरिरहेको जानकारी दिँदै काँग्रेससँग नजिस्कन समेत सुझाव दिएका छन् । कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

१८ मंसिर २०७७ मा प्रकाशित
Nabintech