दाङमा पनि राजतन्त्र माग्दै निस्कियो विशाल जुलुस

पिपलबाेट संवाददाता


बिहीवार दाङको घोराहीमा पनि जिल्लाबाट उल्लेख्य मानिसको उपस्थतिमा नागरिक समाज तथा राजसंस्था पक्षधर विभिन्न पार्टी तथा संघ संस्थाहरुले प्रदर्शन गरेका छन्।राजसंस्था पुनर्स्थापनाको माग राख्दै आएका विभिन्न पार्टी तथा संघ संस्थाले ‘राजा आऊ देश बचाउ’ भन्दै मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेका हुन्।’संवैधानिक राजतन्त्र हिन्दु राष्ट्र कायम गर’, ‘नीतिगत भ्रष्टाचार अन्त्य गर’ भन्दै देशमा भएका हत्या हिंसा, बलात्कारजस्ता घटनाबारे विरोध गर्दै उनीहरुले प्रदर्शन गरेका थिए। प्रदर्शन क्रममा निकालिएको मोटरसाइकल र्‍याली घोराही बजारका विभिन्न स्थान परिक्रमा गरी तुलसीपुर चोकमा पुगी कोणसभामा परिणत भएको थियो। उक्त कार्यक्रममा  राप्रपाका केन्द्रीय सदस्य भोलानाथ योगी, स्वतन्त्र नागरिक समाजका संयोजक कुल बहादुर घर्ती, राप्रपाका केन्द्रीय सदस्य भानु केसी, दामोदर भण्डारी, ऋषिराज देवकोटा, वंशीकुमार शर्मा, भुपाल रावतलगायको सहभागिता थियो।

१९ मंसिर २०७७ मा प्रकाशित
Nabintech