नेपालगन्ज वडा नं ६ मा आँखा तथा कान सम्बन्धि निशुल्क शिविर सम्पन्न

पिपलबाेट संवाददाता


नेपालगन्ज वडा नं ६ मा शनिबार आँखा तथा कान सम्बन्धि निशुल्क शिविर आयोजना गरिएको छ ।

हडिया बाबा मन्दिर प्राङ्गणमा जम्मा भएका साधु सन्तहरुलाई सेवा दिने उदेश्यले एक दिने शिविर आयोजना गरिएको हो ।

नेपाली काँग्रेस क्षेत्रीय कार्य समितिद्वारा आयोजित निशुल्क स्वास्थ्य शिविरमा काँग्रेस केन्द्रिय सदस्य किशोर सिंह राठौरले सरकार स्वास्थ्य सेवाको विषयमा गम्भिर नभएकोमा आक्रोस ब्यक्त गर्नु भयो ।
नेपाली काँग्रेस क्षेत्र नं. २का क्षेत्रीय सभापति रमेश कुमार गुप्ताको सभापतित्वमा शिविर कार्यक्रम सम्पन्न भएको हो ।

२० मंसिर २०७७ मा प्रकाशित
Nabintech