सार्वजनिक सुनुवाईमा मेयर देखी वडा अध्यक्ष सम्म अन्यौलमा

पिपलबाेट संवाददाता


सार्वजनिक सुनुवाई तथा वार्षिक समिक्षा भन्ने विषयमा मेयर तथा वडा अध्यक्षहरु नै अन्यौल हुँदै कोहलपुर नगरपालिकाको आर्थिक बर्ष २०७६/०७७ सालको बार्षिक र ७७/७८ को पहिलो चौमाषिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाले दूई दिन लगाएर संचालन गरेको समिक्षा कार्यक्रमा स्वागत मन्तव्य राख्दै कोहलपुर नगरपालिका वडा नंं. ११का वडा अध्यक्ष कर्ण वहादुर थापाले सार्वजनिक सुनुवाई कार्यक्रमा यहाँहरुलाई स्वागत गर्दछु भन्दै स्वागत गरेका थिए । कार्यक्रमको समापन गर्दै मेयर लुटवहादुर रावतले बार्षिक समिक्षा भनेकै सार्वजनिक सुनुवाई भएको वताए । यस्तै कोहलपुर नगरपालिकाकी उप मेयर सन्जु कुमारी चौधरीले नगरसभावाट पास भएको बजेट भन्दा फरक वजेट बार्षिक समिक्षामा पेश हुँदा आफु नै अन्योवल भएको बताइन् । कोहलपुर नगरपालिकाले यसरी बजेट लुकाएर राख्नु नै गलत भएको वताईन् । कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपालीले एकैपटक सबै सुधारको अपेक्षा नर्गन सबै सर्वसाधारणलाई अनुरोध गरेका थिए । साथै राजनैतिक परिवर्तन जस्तो प्रशासन सुधार त्यती छिटो नहुने पनी बताएका छन् । कार्यक्रमा बोल्दै कोहलपुर नगरपालिका वडा नंम्वर १०का वडा अध्यक्ष निरज चलाउने अपुरको डाटा सहितको समिक्षा भएकोले आगामि दिनमा छानविन समिति गठन गरेर सर्वजनिक सुनुवाई गनु पर्ने बताए । यस्तै कार्यक्रम बोल्दै नेपाली काँग्रेसका नगर सचिव भुम भण्डारीले कोहलपुर नगरपालिका जनताको जवाफ देहिता वाट टाढा रहेको र सुशासन तथा आर्थिक पारदर्शिता कमजोर भएको बताए । स्थानिय सरकारको रुपमा रहेको कोहलपुर नगरपालिकाले आर्थिक रुपमा सुशासन कार्यम गर्ने नसक्नु , प्रशासनिक रुपमा अत्यन्त कमजोर प्रशासकिय अनुसासनले सुशासन सम्वृद्धिको यात्रा कार्यम हुन नसक्ने भण्डारीले वताए । मा बार्षिक रुपमा हुने महालेखाको प्रतिवेदनले नै सवै कुराको उजागर गरेको देखिन्छ । राष्टिूय प्रजातन्त्र पार्टीका नगर पार्टी प्रतिनिधी यज्ञराज रेग्मीले कोठामा नगरपालिकाको समिक्षा संगै सार्वजनिक सुनुवाई पनि गर्नुपर्ने बताए । साथै कार्यक्रममा नेकपाका नगर सचिव तुलाराज विष्ट , नेपाल मजदुर किसान पार्टीका नगर अध्यक्ष अर्जिर बहादुर शाही, घरेलु महासंघ कोहलपुरका नगर महासचिव चिन्तामणी उपाध्याय , लगायतको उपस्थिती रहेको
थियो ।

२३ मंसिर २०७७ मा प्रकाशित
Nabintech