टे«ड युनियन कांग्रेसको आयोजनमा प्रशिक्षण

पिपलबाेट संवाददाता


एफ.एन.भि.(अन्र्तराष्ट्रिय श्रमिक संगठन) को सहजिकरण तथा नेपाल टेड्र युनियन कांग्रेस बाँकेको आयोजनामा बाँकेको कोहलपुरमा बेसिक लेवल टेड्र युनियन एजुकेशन नेटवकिङ्ग प्रशिक्षण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आइतबार कोहलपुरमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाली काग्रेस बाँकेकी पाटी सभापती एवं कार्यक्रमकी प्रमुख अथिती समेत रहेकी किरण कोइरालाले नेपालको सविधान २०७२ अनुसार श्रमिकको योग्यतामा आधारित सामाजिक सुरक्षा कोषलाई निरन्तरता दिन स्थानिय तहलाई अनुरोध गरेकी छिन् । कार्यक्रमका विशेष अतिथी समेत रहेका नेपाली कांग्रेस बाँकेका उपसभापती फूलाराम थारुले सरकारले श्रमिकहरु सम्मानका साथै उनीहरुको अहिले पनी सम्मान सेवा सुविद्या उपलव्ध नभएकाले यस विषयमा सरकारले कार्यान्वयनको पक्षमा काम गर्नुपर्ने बताएका छन् । टे«ड यूनियनमा हाल २२ वटा आवद्ध संघहरु रहेका छन् भने करिब ९ हजार भन्दा बढि क्रियासिल सदस्य बाँकेमा रहेका छन् । प्रशिक्षण कार्यक्रम संचालन गरे लगतै बाँकेका ८ वटै पालिकामा संयोजक छनोट गर्ने कार्यक्रम टेड्र युनियन बाँकेले राखेको छ । बेसिक लेवल टेड्र युनियन एजुकेशन नेटवकिङ्ग कार्यक्रम तथा प्रशिक्षण कार्यक्रममा सहभागिता जनाएका अधिकाशले श्रमिकलाई परेका समस्याहरु राखेका थिए । उक्त टे«ड युनियन बाँकेले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा टे«ड युनियनका केन्द्रिय सदस्य बिरेन्द्र कुमार शाह, वडा अध्यक्ष निरज चलाउने,रोजगारदाता एवं नेपालगञ्ज मेडिकल कलेजका प्रवन्धक संचालक डा. सुरेस कुमार कनौडिया ,२२ वटा आवद्ध संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो भने उक्त कार्यक्रम टे«ड युनियन बाँकेका सभापती राम बहादुर मल्लको अध्यक्षतामा सम्पन्न भएको छ ।

२८ मंसिर २०७७ मा प्रकाशित
Nabintech