संस्कृतिका नाममा फैलिदै छ विकृति

हरिदत्त पन्त


मानव जन्मेपछि मृत्यु सम्मका संस्कारहरु चाड पर्व ,रितीरिवाज , रहनसहन ,धर्म आदिको समष्टि रुपनै संस्कृति हो आफ्नो परम्परा देखि चल्दै आएको संस्कृति सवैलाई प्यारो हुन्छ । सवै मानव जगतले आफ्नो संस्कृति लाई माया र यस माथि गौरव गर्छन र यसलाई फुलाउन फलाउन प्रयत्न गर्छन् । व्यक्ति ,समाज र राष्ट्रलाई चिनाउने आफ्नो संकृति फुले फलेको देख्दा सवैलाई आत्मसंतुष्टि हुन्छ र संस्कृति को रक्षा गर्न सके मात्र आफ्नो पहिचान कायम हुन्छ । सवैको अगाडि देखाउने आफ्नो अमूल्य सम्पति हाम्रो संस्कृतिका कतिपय चालचलनहरु अति परम्परागत थोत्रा र संशमेधनयोग्य भइसकेका छन् भने कतिपय जीवन्त चाल चलनहरु लोप हुदै जान लागेकाले संरक्षण योग्य देखिएका छन् र कतिपय मौलिक संस्कृति माथि विदेशी संस्कृतिले प्रभाव जमाउदै गएको छ । हाम्रा संस्कृतिमा रहेका नारीलाई र दलित लाई हेर्ने दृष्टिकोण अव पूरै संशोधन गर्न पर्रे भएको छ भने समाजमा चल्दै आएका तर अहिले लोप हुने खोजेका पिपल र तुलसीको पूजा र संरक्षण गर्ने, अतिथिलाई देवता सरह मान्ने , आमा बुवा र मान्यजन प्रतिको आज्ञाकारिता र जिम्मेवारी ,शरीरलाई हानी पर्ने अभक्ष चिजहरु सेवन नगर्ने आदि चलनहरुलाई संरक्षण गर्नुपर्ने भएको छ ।
नेपालमा २०७७को प्रजातन्त्र प्राप्ती पछि हाम्रा संस्कृति र परम्परा माथि विकृतिले जरा गाडन सुरु
गरेको हो देखासिखि आडम्वर र प्रतिश्पर्धाले गर्दा हाम्रो संस्कृति विकृति यूक्त वन्न गएको हो । चाड पर्व मनाउदा ठुला ठुला खर्च गर्ने छिमेकीलाई देखाउनकै लागी ऋणमा डुवेर भएपनि अनावश्यक खर्च गर्नु हाम्रो संस्कृतिमा आएको विकृति हो । चाडपर्वहरु आफ्नो क्षमता अनुसार मनाउने हो । अर्काको देखासिखि गरेर अनावश्यक तडकभडक , जाँड ,रक्सी,जुवातास जस्ता कार्यहरु विकृतिनै हुन् ।
अहिले आएर सामाजिक विकृतिका रुपमा दाइजो र तिलक प्रथा देखिएको छ । परम्परादखि चल्दै आएको भए पनि छोरीलाई शिक्षादान नगररेर कन्यादान गर्नु सव भन्दा ठुलो अभिषाप बनेको छ । छोरीलार्य अर्काको घर जाने भनेर सामान्य पढाइलेखाइ गराउने र पछि विवाहको वेला प्रसस्त दाईजो दिएर विहे गरिदिने विकृतिले उग्ररुप लिदै छ । छोरीलाई छोरा सरह शिक्षा दिएर आत्मनिर्भर बनाइदिन सक्यो भने उनिहरुलाई जीवनयापनमा कुनै कठिनाइ हुदैन । विवाह गरेर गएको घरमा पनि सम्मान पाउछन् ।
जन्मदिन मनाउने तरिकामा पनि विदेशी संस्कृतिले हाम्रो संस्कृतिलाई प्रहार गरिसकेको छ । केक काटेने र बत्ति निभाउने चलन हाम्रो संस्कृतिमा होइन । यो विदेशीहरुको चलन हो । हामे संस्कृतिमा कुनै पनि शुभकार्य गर्दा बलिरहेको बत्ति निभाइदैन । यसो गर्दा अशुभ हुन्छ भनिन्छ । अष्टचिञ्जिवीहरुको पूजा गरी सेल ,पुरी हलुवा आदि पक्वान वनाएर शुभ कामना दिनु हामे संस्कृति को अंग भएपनि विदेशी संस्कृतिको प्रभावमा आएर यसको ठीक विपरित श्राद्धमा जस्तै वलेको बत्ति निभाउनु , अनावश्यक जाँड,रक्सी र पुजुल खर्च गरेर जन्मदिन मनाउनु संस्कृतिको नाममा आएको विकृतिनै हो ।
हाम्रो समाजमा चार्ड विवाह , आदिमा गरिने गहना र महंगा कपडाको प्रदर्शनले पनि विकृतिको रुप लिइ सकेको छ । आफ्नो आर्थिक क्षमता भन्दा वढि गहना ,कपडा आदि लगाएरै जानुपर्ने । सके ऋण लिएरै किन्ने नभए मागेर भए पनि लगाउनु पर्ने कस्तो जमाना आयो त यो ? आफुसंग जे छ त्यसैमा संतुष्ट हुन सक्नु पर्छ । सानो चरीले छोटो वेग हान्छ । ठुलो चरीले लामो वेग हान्छ । वेग दुवैले हान्छन् । दुवै थरी चरा उडेकै छन् मानव पनि यो दृष्टान्त लागु हुन्छ ।
धर्मले हामीलाई दया धर्म सहनशीलता र अहिंसाको पाठ पढाउँछ तर धर्मका नाममा तीर्थयात्रा भन्दै नया नया ठाँउ घुम्न जानु घरपरिवारलाई कुनै वास्ता नगरेर घुम्नु मात्रै हिठिरहनु पनि अर्को एउटा विकृति हो । धर्मका नाममा काटमार गर्नु र पशुवलि दिने काम पनि हाम्रो संस्कृतिमा पछि जन्मिएको विकृति हो । संसारका सवै प्राणीको बाँच्ने अधिकार छ । सवै इश्वरका सन्तान हुन । आफ्ना सन्तानलाई काटेर आफ्नै अगाडि ढाल्ने कुनै पनि मानव लाई भगवानले आशिर्वाद दिदैनन् । वलि दिदा धर्म भन्दा बढि पापनै हुन्छ ।
यी कुराहरु संस्कृतिका नाममा आएको विकृतिका केहि प्रतिनिधि उदाहरण मात्र हुन् । समाजमा सयौं यस्ता विकृति फैलिइरहेका छन् संस्कृतिको सिर्जना मानवले गरेको हो । विकृतिको सुधार पनि मानवले गर्न सक्छ । त्यसका लागि हामी सवैले आ आफ्नो ठाँउबाट पहिले आफुले सोच्ने र पछि अरुलार्य सोच्न बाध्य बनाउन सक्नु पर्छ । कैयौ कुराहरु मा सुधार आइसकेको छ । उत्कृष्ठ संस्कृति भएको नेपाली समाज बनाउन लाई आउनुहोस् आजैबाट हातेमालो गर्रौ ।

४ पुष २०७७ मा प्रकाशित
Nabintech