संसद विघटनबारे छलफल गर्न नेकपा सांसदहरु सिंहदरबारमा

पिपलबाेट संवाददाता


प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गरेपछि यस विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक राखेर संसद विघटन सिफारिस गरेलगत्तै नेकपा सांसदहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका हुन् ।

५ पुष २०७७ मा प्रकाशित
Nabintech