राजश्व संकलनको रकम सहित रिमबहादुर लुटिए

पिपलबाेट संवाददाता


राप्तीसोनारी गाँउपालिका वडा नं. ९ ढकेरीका रिम बहादुर वली घाइते भएका छन् । राप्तीसोनारी ९ झिझेरी खोलाको राजश्व संकलन मा काम गर्दै आइरहेका वलीलाई राप्तीसोनारी वडा नं. ९ ढकेरीका सुनिल रावल, पारस वली, मोहन वली ,गोपाल ढकाल, जंग शाह,केशर खड्काको टोलीले बिहानको समयमा आगो ताप्दै गरेका रिम बहादुरलाई हातपात गरी उनी संग रावश्व संकलनको ९० हजार रुपँैया र टिप्पर भाडा लिने भनी राखिएको २ लाख रकम लुटपाट गरि लिइएको घाइते रिम बहादुर ले पीपलबोट दैनिकलाई बताए ।
रिमबहादुरका अनुसार आफुले कुनै गल्ती नगरेको र ठेकेदार काम विशेषले जिल्ला बाहिर गएकाले केही दिनको राजश्व संकलन गरिएको रकम आफुसंग रहेको बताएका छन् । यसरी आफुमाथी अन्याय भएको भन्दै रिमबहादुरले इलाका प्रहरी कार्यालय कोहलपुरमा डाँका कशुर सम्वन्धी जाहेरी दरखास्त दिएका छन् । पछिल्लो समयमा बाँकेको राप्तीसोनारी गाँउपालिका नदिजन्य पदार्थ संकलन तथा ओसार पसारमा विभिन्न घटनाहरु हुँदै आएका छन् । ठेकेदार युवक चौधरी र सुनिल गुप्तालाई दिनुपर्ने रकम लुटिदा आफलाई अकस्माथ आकक्रम भएकाले कानुन अनुसार कारवाहीको माग समेत रिम बहादुरले गरेका
छन् ।

६ पुष २०७७ मा प्रकाशित
Nabintech